गुल्मी, असोज ८: आज दिउँसो नवलपुरमा एक जना पुरुषले चक्कु प्रहार गर्दा घाइते भएकी उनकी श्रीमतिको अहिले साँझ मृत्यु भएको छ।
जिल्लाको कावासोती नगरपालिका-८, सगरमाथा टोलका ४२ बर्षिय सुर्य प्रसाद पाण्डेले ३७ बर्षिया श्रीमति संगिता पौडेल पाण्डेलाई घरायसी विवादका कारण धारिलो हतियारले (चक्कु) प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शरिरको विभिन्न भागमा प्रहार गरी घाईते भएकी श्रीमति पौडेलको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो।
श्रीमान पौडेल प्रहरी नियन्त्रणमा रहेको हामीलाई प्राप्त समाचार विवरणमा उल्लेख छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







