गुल्मी, असोज ३: संविधान दिवसको अवसरमा गुल्मीका तीन जना पत्रकारहरुलाई धुर्कोट गाउँपालिकाले सम्मान गरेको छ।
जनही १० हजार राशी सहित उत्कृष्ट पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकारहरु भरत पाण्डे, सन्तोष महतरा र अनिता खत्रीलाई त्यस पालिकाले सम्मान गरेको हो। पाण्डे विभिन्न सन्चार माध्यममा आवद्ध छन। उनी नेपाल पत्रकार महासंघ गुल्मीको पुर्व उपाध्यक्ष हुन। महतरा कान्तिपुर मिडिया नेटवर्कमा आवद्ध छन। उनी पत्रकार महासंघ, गुल्मीको सचिव हुन भने खत्री रेडियो रेसुङ्गाको स्टेसन म्यानेजर हुन।
उनिहरुले सु-समाचार सम्प्रेषण गरेर धुर्कोटको विकासमा टेवा पुर्याएको भन्दै सम्मान गरिएको त्यस पालिकाले जनाएको छ।
उसले हरेक वर्ष संविधान दिवसको अवसरमा पत्रकार सहित विभिन्न क्षेत्रबाट योगदान पुर्याउनेहरुलाई सम्मान गर्दै आए झैँ यसपाली पनि गरेको छ। संविधान दिवस विशेष समारोहका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री, गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष सीता गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क थापा लगायतले उनिहरुलाई सम्मान गरेका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







