Salime Malika Krishi Farm

Awareness Campaign

राम्रो छाप छोडेर गुल्मी जिल्ला प्रशासनबाट हिँडे फुल्लेल



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, भदौ २: आज भन्दा १४ महिना अघि जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका तारानाथ फुल्लेल छोटो अवधिमै  सेवाग्राहीमा राम्रो छाप छोडेर सरुवा भएका छ्न।

उनी यहीँबाट सोही जिम्मेवारीमा जिल्ला प्रशासन कार्यालय सरुवा भई गएका हुन। उनी आए देखि सेवाग्राहीको कामलाई छिटो -छरितो , सहज बनाउन कार्यालय समय भनेन। स्वभावैले मृदुभाषी फुल्देल सेवाग्राहीले चर्को स्वर बोले पनि मुस्काउन सहित सम्झाउथे।

उनले सेवाग्राहीका छुटेका कागपत्र संबंधित वडामा आफै फोन गरेर अनलाइन मार्फत मगाएर सेवा प्रवाह गर्थे।

सिंचाई
Forest
Ad.

उनी प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको निर्देशन बजार अनुगमन पुगे पछि कर्मकाण्डी/झारा टराई अनुगन नगर्ने गरेको सरोकारवाला बताउँछन। उनी वडा स्तरमा पुगेर राष्ट्रिय परिचय पत्र वितरणमा पनि खुप खटे।

जिल्ला प्रशासन कार्यालयले आज एक समारोहका बिच फेरि भेटौला कार्यक्रम राखेर स-सम्मान बिदाई गरेको छ।

प्रशासनको पेजमा भनिएको – “१४ महिना सेवा गरि हाल जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा सोही पदमा सरूवा हुनुभएकोमा उहाँले गुल्मी जिल्लामा रहँदा प्रशासनिक सेवा प्रवाहमा देखाउनुभएको दक्षता, पारदर्शिता, जवाफदेहीपन र जनउत्तरदायित्व प्रति देखाइएको प्रतिबद्धताका लागि जिल्ला प्रशासन कार्यालय, गुल्मी उहाँप्रति आभार व्यक्त गर्दछ।”

हामी गुल्मीवासीको तर्फबाट उहाँको आगामी कार्यकाल सुसम्पन्न, सफल र परिणाममुखी रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। उनलाई प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईराला , सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे लगायतका कर्माचारीहरुले बिदाई सम्मान गरेका थिए।

Awareness by SKF

फुल्लेको घर गुल्मी कै मुसिकोट नगरपालिका-७, वामीटक्सार हो। उनी विध्यार्थीकालमा पनि कुनै विपद पर्दा वा कुनै नागरिक समस्यामा पर्दा स्वयम् सेवि भएर खट्ने गरेको वामिटक्सारवासी बताउँछन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →