Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ईलाका प्रशासनको माग: तीन भेगीय स्वर-राग



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी , भदौ -२२ । गुल्मीको सदरमुकाम तम्घास बाट भौगोलिक विकटताको सास्ती खेप्दै त्यस भेगमा ईलाका प्रशासनको माग राख्दै आएका साविक क्षेत्र नम्बर १ , अर्थात बडिगाड खोला पारीका जनप्रतिनिधि र दलका नेताहरु भेगिय स्वर -राग हाल्दै फेरि तीन तिर विभाजित हुन पुगेका छ्न।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईरालाले आज फेरि तेस्रो स्थान जोहाङ्ग खैरेनीमा ईलाका प्रशासन राख्नु पर्ने माग राख्दै सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे र पुर्व त्यस गाविस अध्यक्ष पारिश्वर ढकाल जिल्ला प्रशासनमा आउनु भएको छ।

यो सहित मजुवा र रिडि सहित त्यस भेग बाट ईलाका प्रशासन तीन स्थानमा ईलाका प्रशासन राख्नु पर्ने माग जिल्ला सुरक्षा समितिमा आएको प्रमुख जिल्ला अधिकारी कोईरालाले बताउनु भयो।

सिंचाई
Forest
Ad.

यस अघि कालिगण्डकी गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि , राजनैतिक दल र सामाजिक संघ -संस्थाबाट सहभागीहरुको बैठकले रिडिमा ईलाका प्रशासन राख्न माग गर्नु पर्ने सर्वसम्मत निर्णय गरेका थिए।

लगत्तै मुसिकोट नगरपालिका , चन्द्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाको संयुक्त बैठकले मजुवामा बिगतको नजिर , चौतर्फी जनताको पायक , आबश्यक भौतिक संरचना र विभिन्न सुविधाको दावा गर्दै मजुवामा ईलाका प्रशासनको माग गर्ने सर्वसम्मत निर्णय गरेका थिए । ती तीन पालिकाको दावा छ – जहाँ ईलाका मालपोत र नापी कार्यलय बसिसकेकोले नागरिकलाई सके त एउटै छ्त मुनी बाट त्यति पनि नभए एउटै बजार बाट सेवा प्रवाह गरिनु पर्छ ।

वामिटक्सार पनि उपयुक्त थलो हो भन्दै आउनु भएका ठूलो जन संख्या भएका पालिका प्रमुख मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ( जीवन ) समेत मजुवा मै ईलाका प्रशासन राख्न सहमत हुँदै प्रमुख अतिथिको हैसियतले हस्ताक्षर गर्नु भएको छ । बिच सेन्टरको पायक पर्ने थलो र २०६६ सालमा नेपाल सरकारले देशभर २२ वटा मध्ये साबिक गुल्मी- १ को मजुवामा ईलाका प्रशासन राख्ने निर्णय गरेकोले सरकारी निकाय बाट पनि छनौट गरेको भन्दै मजुवालाई नै स्विकार गर्नु पर्ने उहाँ लगायतका ती तीन पालिकाका सबै पक्षको दावा छ ।

कालिगण्डकीको हर्मिचौर र अर्वेनीलाई कालिगण्डकी कोरिडोर सडकको यात्रालाई ध्यानमा राख्ने हो भने रिडि र जोहाङ्ग खैरेनी पायक पर्छ तर सोही पालिकाको खडगकोट , फोक्सिङ्गका जनता र मुसिकोटको बाग्लुङको सिमना अर्लाङ्ग्कोटका जनतालाई ध्यानमा राख्ने हो भने मजुवा पायक पर्ने थलो रहेको छ ।

Awareness by SKF

तत्कालीन गुल्मी अर्घाखाँची एउटै जिल्ला हुँदा पत्थरकोट सम्मका जनतालाई पायक पार्नका लागि तम्घासमा सदरमुकाम राखिएको गुल्मीको पहिलो बडाहाकिम गिरिप्रसाद गिरि देखि अन्तिम बडाहाकिम सम्म नजिकको सम्बन्ध राखेका तम्घासका पुराना समाज सेवि ८४ बर्षिय बृद्ध तारा प्रसाद पाण्डे बताउनु हुन्छ ।

त्यति बेला कसैले गौडाकोट त जुभुङ्ग्का स्वर्गीय हरिप्रसाद गौतम लगायतका राजनैतिककर्मीहरुले मजुवा सेन्टर भन्दै सदरमुकामको माग राखेका थिए । तर अग्लुङ्ग र पत्थरकोटका बासिन्दाले नमाने पछि तम्घासमा राखिएको उहाँ स्मरण सुनाउनु हुन्छ । यसर्थ पनि साविक क्षेत्र १ का जनताले जुन कुनै ठाउँमा भए पनि ईलाका प्रशासन माग्नु पर्ने र माथिल्लो निकायले जहाँ तोक्छ त्यही स्विकार्नु पर्ने त्यस क्षेत्रका आमा जनताको माग छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →