Smoking Causes Cancer

हरेक वर्ष माओवादीले नेतृत्व गरेका पालिका नै उत्कृष्ट



प्रेम सुनार
११ महिना अगाडि


Place for ads

गुल्मी, भदौ ७: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय तहको संस्थागत स्वमूल्यांकनमा हरेक वर्ष माओवादी केन्द्रका नेताहरूले नेतृत्व गरेका पालिका नै उत्कृष्ट हुँदै आएका छन। यस बर्ष पनि माओवादी केन्द्रका नेताहरुले नै नेतृत्व गरेका गाउँपालिकाहरु नै उत्कृष्ट मुल्यांकनमा परेका छन।

हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो र गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो भएका छन्। यी दुवै गाउँपालिका माओवादी नेतृत्वका गाउँपालिका हुन्।

बेनीघाट रोराङ र रुरुक्षेत्र गाउँपालिकाले स्वमूल्यांकनमा उत्कृष्ट प्रदर्शन गरेका छन्, जसले माओवादी युवाले नेतृत्व गरेका पालिकाहरु प्रभावकारी शासन र सेवा प्रवाहमा सबैभन्दा अगाडि भएको पुष्टि गर्छ। यी पालिकाहरूले शासकीय सुधार, सेवा प्रवाह र सामाजिक समावेशीकरणमा उल्लेखनीय प्रगति गरेको स्वमूल्यांकनले देखाएको छ।

सिंचाई
Forest
Ad.

बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर थपलिया (विवेक) र रुरु क्षेत्र गाउँपालिका अध्यक्षमा माओवादीका युवा नेता यदु ज्ञवाली छन्।

गुल्मीको हकमा प्रायः हरेक बर्ष जसो धुर्कोट, मालिका, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकाले लुम्बिनी प्रदेशमा उत्कृष्ट गाउँपालिकाको सुचि भित्र पर्ने गरेका छन। यी चारवटै पालिकामा माओवादी केन्द्रका नेताहरूले नेतृत्व गरेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →