Smoking Causes Cancer

बागलुङको ढोरपाटन नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका-५, अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भनें १४ जना घाइते भएका छन्। बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५, चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाईते भएका हुन् । जीपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गंभीर, दश जनाको मध्यम र एकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो