गलकोट: वैदेशिक रोजगारीको शिलशिलामा ओमान र कुवेतमा अलपत्र परेका २ महिलाको सकुशल उद्धार गरिएको छ। सुरक्षित आप्रवासन सामी कार्यक्रम मार्फत् ओमान र कुवेतमा अलपत्र परेका २ महिलाकोे सुरक्षित उद्धार गरिएको हो।
गलकोट नगरपालिका वडा नम्वर ३ र गलकोट नगरपालिका वडा नम्बर ८ माईतीघर भई गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर १ घर भएका २ महिलाहरु क्रमशः कुवेत र ओमान वैदेशिक रोजगारीको शिलशिलामा जानुभएको थियो। उहाँहरु मध्ये गलकोट घर भएका महिला २०८१ साल कार्तिकमा कुवेत र चन्द्रकोट घर भएका महिला २०८० फागुनमा ओमान जानुभएको थियो।
दुवैजना एजेन्ट मार्फत् घरेलु कामदारका रुपमा कुवेत र ओमान जानुभएको थियो। दुवैको उद्धार प्रक्रिया अगाडि बढेसंगै सुरक्षित आप्रवासन कार्यक्रमको टोलीले सम्बन्धित देशका नेपाली दूताबासहरु र विभिन्न सरोकार निकायसंग समन्वय गरी महिलाहरुलाई उद्वार गरेको थियो । ओमानमा रहनुभएकी महिलालाई ५ महिना पछि र कुवेतमा रहनुभएकी महिलालाई उद्धार गरी माघमा नेपाल ल्याईएको थियो । र अहिले उनिहरु आआफ्नै गाउँघरमा परिवारसंग रहेका छन्।
वैदेशिक रोगजारीमा जाने क्रममा जोखिम अत्यधिक हुने भएकोले सुरक्षित र जानकारीमूलक बाटो रोज्नु आवश्यक रहेको आप्रवासन (सामी) कार्यक्रम गलकोट शाखाले जनाएको छ।
वैदेशीक रोजगारीमा जानु अघि अनिवार्य रुपमा जानकारी, कानुनी प्रक्रिया र आपतमा परेमा ढिला नगरी सम्बन्धित निकायसंग सम्पर्कमा ध्यान दिनुपर्ने समेत जनाईएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |