गुल्मी, चैत्र –२८ । अर्घाखाँची जिल्लामा पनि आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगररपालिका– १० लिसेपानीका ७२ बर्षीया बृद्ध यमबहादुर घर्तिको मृत्यु भएको हो । घरको दलानमा बसिरहेको बला घर्तिलाई चट्याङले हानेर गम्घीर घाईते बनाएको र सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा उपचारका लागि अहिले बिहान ल्याउँदा डाक्टरले मृत घोषणा गरेको र शव अस्पताल मै रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीक प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उता रोल्पामा पनि एक किशोरीको चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका घाईते भएका छन ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |