Smoking Causes Cancer

प्रचण्ड भोलि गुल्मी आउदै: यस्ता छन कार्यक्रम



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

माघ ३० गुल्मी: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि गुल्मी आउदै छन्।

फागुन १ गते गुल्मीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड गुल्मी आउने माओवादी केन्द्रका नेता बुद्धि जिसीले जानकारी दिए। केही समय अघि प्रचण्डकै निवासमा पुगेर मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले निम्ता गरेका थिए । भोलि प्रचण्ड सहित दर्जनौं नेताहरु गुल्मी आउने भएका छन् ।

प्रचण्डले धुर्कोट गाउँपालिकमा निर्मित सहिद पार्क र मालिका गाउँपालिकाको प्रशासनिक भवन उद्वघाटन गर्ने छन् ।

सिंचाई
Forest
Ad.

त्यस्तै फागुन १ गते देखि सुरु हुने मालिका रनिङ शिल्डमा पनि प्रचण्डको सम्बोधन रहने छ । मालिका गाउँपालिकाले फागुन १ गते मालिका रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । जहाँ गुल्मी जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी पालिका बडिगाड ,गौमुखी गाउँपालिका र मितेरी पालिका ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल हुनेछ ।

वडा स्तरीय भलिबल प्रतियोगिता ,आठ वटै वडा बाट क्लब, आमा समुहले मौलिक पहिचान झल्कने रितिरिवाज प्रस्तुत गर्ने छन । भने मालिका ताराको फाइनल अडिसन समेत प्रचण्डले नियाल्ने छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो