गुल्मी , माघ २२: गुल्मी जिल्लाका १२ वटा स्थानीय तह मध्ये सबै भन्दा पहिला पालिकाको प्रशासकिय भवन निर्माण गर्न सफल धुर्कोट गाउँपालिकाले सबै वडाका प्रशासकिय भवन समेत यसै बर्ष सम्पन्न गर्ने तयारीमा जुटेको छ।
सोमबार वडा नं। ३ हाडहाडेको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पालिका भित्रका ७ वटै वडा कार्यालय भवन यसै बर्ष सम्पन्न गर्ने गरि काम अगाडी बढेको जानकारी गराएका हुन ।
अध्यक्ष पोखरेलले भने, ूहाडहाडेमा वडा कार्यालय बने सङ्गै विकासको नयाँ युगको आरम्भ भएको छ र यहाँका जनताको आवश्यकताअनुसार विकासका कार्यहरूलाई प्राथमिकता दिईने छ ।कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष सीता गिरीले वडामा समृद्धि र जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको बताईन । उनले भनिन्, यस उद्घाटनसँगै वडामा आधारभूत संरचनामा सुधार ल्याउने नयाँ अवसर सुरु भएको छ ।
वडा अध्यक्ष पदमबहादुर बिष्टले स्थानीयवासीको सचेत र समर्पित सहभागितालाई महत्वपूर्ण भन्दै, ूहामी सबैको साझा प्रयासले मात्र यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छू उनले भने। त्यस अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।
हाडहाडे वडामा ७ कोठे नयाँ भवनको उद्घाटन गरिएको हो । उक्त भवनको निर्माण लागत १ करोड ६९ लाख रुपैयाँ रहेको छ, जसमा २५५ स्थानीय वडाको र ७५५ गाउँपालिकाको लगानी रहेको छ। वडा नम्बर ३ साबिक हाडहाडे गाबिस हो । वडाध्यक्ष बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव नारायण पन्थीले गरेका थिए। जिल्लाका कतिपय पालिकामा भने पालिकाको केन्द्र कै टुङ्गो छैन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |