Clean Water Campaign

Awareness Campaign

अभिव्यक्ति स्वतन्त्रताको हकलाई सरकारले कमजोर पार्न खोजेको भन्दै माओवादी केन्द्रको ध्यानाकर्षण



ओझेलका खबर
७ महिना अगाडि


Awareness

Place for ads

काठमाण्डौं, माघ २२: सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकू प्रति गम्भस् ध्यानाकर्षण भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । शुक्रबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रबक्ता अग्नि प्रसाद सापकोटाले बिज्ञप्ती जारी गर्दै उक्त विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको ठहर गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ  –‘ विधेयक मार्फत सरकार निरंकुशता तर्फ अग्रसर रहेको देखिन्छ । सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफु विरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ। सरोकारवालाहरू सँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छाचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ। बर्तमान सरकारले आफु विरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रुपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रष्ट्याएको छ ।

आम नागरिकले प्रविधिको प्रयोग मार्फत स्वच्छ र मर्यादित आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने कुरामा हाम्रो पार्टी दृढ छ। अतः जनताको आन्दोलनको बलमा स्थापित नागरिकको बिचार तथा अभिव्यक्ति स्वत्रन्तताको हक प्रतिकुल हुने गरी संसदमा पेश गरिएको ूसामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयकू लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुने गरी परिमार्जन सहित अघि बढाउनु पर्ने कुरामा हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ ।’

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो