– अमृता सेन्चुरी
गुल्मी, माघ १८: प्रेस सेन्टर नेपाल, गुल्मी शाखाले माघ २० गते साधारण सभा तथा अधिवेशन गरिने भएको छ । प्रेस सेन्टर नेपाल गुल्मीका अध्यक्ष तिलाचन पाण्डेले अधिवेशनलको तयारी तिव्र पारिएको बताए । नयाँ बन्ने नेतृत्वले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन र पत्रकारहरूको हकहितका विषयमा छलफल गर्न अधिवेशन उर्जा सावित हुने सेन्टरका नेताहरु बताउँछन ।
अधिवेशनमा प्रेस सेन्टरमा आवद्ध सबै पत्रकारहरुको सहभागिता रहनेछ भने अधिवेशनमा संगठनका भावी रणनीति र कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गरिनेछ।पत्रकारिताको पेशागत सुरक्षाका साथै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका मुद्दा, न्यूनतम पारिश्रमिक लगायतका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ। अधिवेशनका लागि आवश्यक तयारी तिब्र तयारीमा जुटिएको अध्यक्षको दावेदार मध्येका एक बर्तमान सचिव हुमकान्त पोखरेलले बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |