Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकामा ‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

– तिलाचन पाण्डे
गुल्मी: पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ। गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई सहरमा बसेका नागरिकलाई लक्ष्य गरी ‘गाउँ फर्की आऊ’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यो कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि सारिएको नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो । बसाइँसराइको दर रोक्न र यहाँबाट बसाइँ सरी गएकालाई गाउँमै फर्काई उत्पादनमा जोड्न यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो। स्थानीय सरकार साथमा रहेको अनुभूति दिन आफूहरूले यो कार्यक्रम ल्याएको खरेलको दाबी छ।

स्थानीय सरकारले उत्पादनलाई प्राथमिकता दिएको बताउँदै व्यावसायिक कृषि, पशुपालन, होटेललगायतका व्यवसाय गर्नेका लागि प्रोत्साहनका कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रममा सहभागी हुन बसाइँ सरी आएको कम्तीमा छ महिना हुनुपर्ने, बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, कृषि, पशुपालन, उद्यम तथा व्यवसाय गरेको खुल्ने प्रमाणसहित प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढालबहादुर जिसीले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

मुसीकोटमा गत आवमा १०५ घरपरिवारका ४३९ जना बसाइँ सरी आएका नगरपालिकाले जनाएको छ । सोही अवधिमा पालिकाबाट ७४८ घरपरिवारका तीन हजार ११५ जनाले बसाइँसराइको प्रमाणपत्र लगेका पञ्जीकरण शाखाले जनाएको छ । यस आवको पुस मसान्तसम्म गाउँपालिकाभित्र ११ घरपरिवारका ३५ जना बसाइँ सरी आएका र ६७ घरपरिवारका २८५ जनाले बसाइँसराइ प्रमाणपत्र लगेका शाखाले जनाएको छ । बसाइँ सर्नेमा सहर र अवसरको खोजीमा जानेहरू रहेका मुसीकोट नगरपालिकाले जनाएको छ। –गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो