गुल्मी, माघ ६: नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ।
अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छ्न । उनि धुर्कोट गाउँपालिका -१ का वडाध्यक्ष समेत हुन ।
२०६२ देखि अन्य पार्टि परित्याग गरि माओवादीमा प्रवेश गरेका कुवर केहि समय शिक्षण पेशामा पनि थिए ।
प्राविधिक सहायक कर्मचारीको अनुभव समेत सम्हालेका कुवर धुर्कोटका बौद्धिक नेताहरु मध्ये एक गनिन्छ्न ।
त्यस्तै उपाध्यक्षमा राजन पोखरेल, विष्णु सुनार , टिकाराम बिश्वकर्मा र तारा खनाल सर्वसम्मत चयन भएका छन ।
सचिबमा कोष बहादुर थापा , सहसचिवमा क्रमशः कृष्ण अधिकारी , शान्ता पाण्डे सरस्वती गैरे भण्डारी र कोषाध्यक्ष रमिला पुरी सर्वसम्मत निर्वाचित भएका छ्न ।
पदाधिकारी सहित ४५ धुर्कोट गाउँ कमिटी गठन भएको नवनिर्वाचित उपाध्यक्ष राजन पोख्रेलले जानकारी दिए ।
हिजो अधिवेशनको केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी थिईन ।
अधिवेशनमा केन्द्रिय सदस्य निम बहादुर पाण्डे , बिरबहादुर कार्की , लुम्बिनी प्रदेश सचिबालय सदस्य बुद्धि जिसि , जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , लुम्बिनी प्रदेश सदस्य भुपाल पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।
जिल्लाका १२ पालिका मध्ये गुल्मी दरबारमा पहिलो र धुर्कोटमा दोस्रो गाउँ कमिटी अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |