Smoking Causes Cancer

रुपन्देहीमा एक मजदुरको कुटाईबाट अर्को मजदुरको मृत्यु



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

 

बुटवल , माघ-४ । गएराति रुपन्देहीको एक ईट्टा उद्योगका एक जना मजदुरको कुटपिट बाट अर्को एक मजदुरको मृत्यु भएको छ ।

जिल्लाको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा काम गर्ने भारतको गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको सोही उद्योगमै ट्याक्टर चालकको काम गर्ने सियारी गाउँपालिका -६ निबासी १९ वर्षीया कृष्ण केवटको कुटपिट बाट मृत्युु भएको प्रहरीले जनाएको छ ।

सिंचाई
Forest
Ad.

गएराति करिव साढे ९ बजेतिर कृष्णको कुटपिटबाट गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पतालमा राति साढे ११ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

मृतकको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए ।

कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो