Smoking Causes Cancer

माओवादी केन्द्र धुर्कोटको अधिवेशन माघ ५ मा , नेतृ पम्फा भुसालले उद्घाटन गर्ने



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

– वासुदेव पोखरेल,
गुल्मी , माघ – ४ ।  नेकपा माओवादी केन्द्र धुर्कोट गाउँ कमिटीको तेस्रो अधिवेशन भोलि माघ ५ गते धुर्कोट गाउँपालिकाको केन्द्र बर्वोटमा आयोजना हुने भएको छ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको गाउँ कमिटी अध्यक्ष चेतमान कुँवरले जानकारी दिएका छ्न । उनका अनुसार अधिबेशनको पूर्व ऊर्जा मन्त्री तथा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष पम्पा भुसालले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रमुख अतिथि भुसालका अलवा बिशेष अतिथिका रुपमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेशका पुर्व मन्त्री सुदर्शन बराल, प्रदेश तथा जिल्लाका नेताहरूको उपस्थिति रहनेछ।

सिंचाई
Forest
Ad.

गाउँ कमिटीको नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले आयोजना गरिएको यो अधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्नेछ।

अध्यक्ष कुँवरले यस अधिवेशनबाट स्थानीय विकास, राष्ट्रिय राजनीति, र संगठनको सुदृढीकरणका लागि ठोस प्रस्तावहरू पारित गर्ने विश्वास व्यक्त गरेका छ्न ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य राजन पोखरेलले अधिवेशनका तयारीबारे जानकारी गराउँदै यसले संगठनलाई नयाँ ऊर्जा दिने र धुर्कोट गाउँपालिकाको राजनीतिक सक्रियतालाई थप मजबुत बनाउने बताउछ्न ।

माओवादी केन्द्रले दुई दुई पटक धुर्कोट गाउँपालिकाको नेतृत्व गरेर जिल्लामा उत्कृष्ट विकास कार्य गरेकोले पनि माओवादी कार्यकर्तामा मात्र होईन , आम धुर्कोटबासीमा अधिवेशन प्रति उत्साह छाएको सो पार्टीका नेताहरुको दावी छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो