गुल्मी , पुस १३ । गएराती गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा जनाको ज्यान गएको छ । एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
रिडीबाट पुर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १ निवासी २४ बर्षिय श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी) राजन भुजेले जानकारी दिए ।
टिपर दुर्घटनामा गम्भीर घाइते कुमालको उपचारको लागि जोहाङ्ग प्राथमिक उपचार केन्द्रमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको एसपी भुजेलले बताए । दुर्घटनामा परि सल्यानको बनगाउ- ७ बस्ने २३ वर्षका मोहन जैसी सामन्य घाइते भएका छन् ।
दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







