Clean Water Campaign

Awareness Campaign

लुम्बिनीको स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्य सेवा सुधारका लागि विभिन्न निर्णय



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

देउखुरी, ९ पुस । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा सुविधा सुधारका लागि विभिन्न  निर्णय सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुको बिशेष निर्देशनमा सचिव स्तरिय निर्णय गरेर प्रदेश तहका सरकारी, गैरसरकारी र निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा एकरूपता ल्याउन, पारिश्रमिक र सेवा सुविधाको बारेमा आउने गुनासोहरूलाई उचित समयमा सम्वोधन गर्नेगरी निर्देशन जारी गरिएको हो ।

नर्सिङ र सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गर्ने बिषयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न पत्राचार गरिएको छ ।

सिंचाई
Forest
Ad.

न्यून पारिश्रमिक र सेवा सुविधा सुनिश्चित नगरेर स्वास्थ्य सेवामा खटाएको पाईपछी स्वास्थ्यमन्त्रालयले एक्सन लिएको हो ।

स्वास्थ्य संस्थाहरूले स्वास्थ्यकर्मीहरूलाई नियुक्त गर्नुपूर्व लिखित करार सम्झौता गर्नुपर्ने, न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेको पारिश्रमिकभन्दा कम नहुने गरी लागू गर्नुपर्ने निर्णयमा उल्लेख छ ।

त्यस्तै अतिरिक्त कामका लागि उचित भत्ता उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीहरूको तलब बैंकमार्फत मात्र भुक्तानी गर्नुपर्ने, नियुक्ति पत्र प्राप्त भएपछि स्वास्थ्यकर्मीका शैक्षिक प्रमाणपत्रहरू उनीहरूलाई फिर्ता दिनुपर्ने बिषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
मातृत्व र प्रजनन स्वास्थ्य ऐन, २०७५ अन्तर्गत सुत्केरी विदा (९८ दिन) र तलबसहितको सुविधा सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो