Clean Water Campaign

Awareness Campaign

गुल्मी सुन चाँदी व्यवसायी संघको अधिवेशन शुरु



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

प्रेम सुनार
गुल्मी , ६ पुस २०८१ ।  गुल्मी सुन चाँदी व्यवसायी संघ गुल्मीको ८ औं साधरण सभा तथा चौथो अधिवेशन शनिवार देखि सदरमुकाम तम्घासमा शुरु भएको छ । अधिवेशनको उद्घाटन सत्रमा अधिकांस व्यवसायीहरुले सुनको भाउ अस्थिर हुँदै आएका कारण सुन चाँदी ब्यवसायीहरु धारासायी हुँदै आएको र गरगहना बनाउने कालिगडहरु बिदेश पलायन हुन बाध्य भएको गुनासो गरेका छन ।
त्यस माथी सुन चाँदीमा हुँदै आएको कालो बजारी समस्याको अर्को जड भएको सुन चाँदी ब्यवसायी तथा रेसुङ्गा नगरपालिका ९ का पुर्व वडाध्यक्ष नारायण बरालको गुनासो थियो ।

व्यवसायीहरुले यसै हप्ता १ लाख ७० हजार तोलामा सुन खरिद गर्छन, दोश्रो तेश्रो दिन नै सुनको मुल्य घटेर १ लाख ४८ वा ५० हजार पुग्छ । यसो हुँदा व्यवसायीको हालत के हुन्छ होला ? यस्तो सवाल उठाउँदै अर्का सुन चाँदी व्यवसायी तथा एमाले नेता कृष्ण सुनारले भने ‘बजार भाउको अस्थिरताका कारण आम सुन चाँदी ब्यवसायीहरु अन्यौलमा परेका छन ।’

सिंचाई
Forest
Ad.

त्यस्तै सुन चाँदी व्यवसायी महासंघको तर्फबाट अधिवेशनमा प्रतिनिधीत्व गरिरहेका केन्द्रिय सदस्य ताराबहादुर सुनारले देशभर २२ हजार बढि सुन चाँदी ब्यवसायी फमहरु रहेको २ लाख बढि कालिगढ रहेको सुन नेपालको सुन चाँदी व्यवसाय यो अवस्थामा पुग्दा पनि राज्यले कुनै चासो नदिएको गुनासो गरे ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसाल र बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले व्यवसायीहरुलाई गुणस्तरिय सुन, नाप तौल र विलमा विश्वसनियता कायम गर्न व्यवसायीहरुलाई सुझावहरु दिएका थिए ।

कार्यक्रममा अर्घाखाँची सुन चाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार , गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौड्याल , चेम्वर अफ कमर्शका अध्यक्ष दुर्गा पाण्डे लगायतले पनि मन्तव्य राखेका थिए ।
अधिवेशनको अवसरमा जिल्लाका दलित पत्रकारहरु सहित सुन चाँदी व्यवसायको क्षेत्रमा योगदान पुराउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।  त्यस्तै अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । २०५३ सालमा नेपाल सुन चाँदी व्यवसायी संघका रुपमा गुल्मीमा तदर्थ समिति गठन भएको थियो । २०५९ सालमा गुल्मी सुन चाँदी व्यवसायी संघ गठन भए पछि यस संस्थाले वैधानिकता पाएको थियो । यस संस्थामा हाल १०९ वटा व्यवसायी फर्माहरु आवद्ध छन । अहिले साँझ उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु भएको छ । बन्द सत्रले नयाँ कार्य समिति निर्वाचित गर्ने छ ।
गुल्मी सुन चाँदी व्यवसायी संघका अध्यक्ष रामु सुनारको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष झविन्द्र सुनारको स्वागत मन्तव्य र सचिव धर्म बिश्वकर्माको सञ्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो