गुल्मी: गुल्मीको इस्मामा आईतबार राती एक महिलाको विभत्स हत्या काण्डमा संलग्न भएको आरोपमा यहाँको प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।
आईतबार राती इस्मा गाउँपालिका ४ हुल गाउँकी ५० बर्षीया महिला मिना दर्लामीको विभत्स हत्या भएको थियो । यस घटनाको २४ घण्टा भित्रैमै जिल्ला प्रहरी कार्यालय गुल्मी हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउन सफल भएको छ।
घटना स्थल देखि हाल सम्म यस घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक भुपेन्द्र थापाका अनुसार ति महिलाको छिमेकी पुरुषले हत्या गरेको खुल्न आए पछि निजलाई पक्राउ गरिएको छ । अनुसन्धानमा असर गर्ने भएकोले पक्राउ परेका पुरुषको नाम अहिले सार्वजानिक गर्न नमिल्ने प्रहरी निरक्षक थापाले बताए।
स्थानीयका अनुसार ति पुरुष र हत्या गरिएका महिलाका परिवार संग डेढ बर्ष यता मेलामिलाप थिएन । एक जना अनुसन्धानकर्ता प्रहरीका अनुसार खुकुरी प्रहार गरेर ति महिलाको विभत्स हत्या गरिएको छ।
करिब १० पटक सम्म खुकुरी प्रहार गरिएको र शव विभत्स अबस्थामा फेला परेको थियो । हत्याको कारण प्रहरीले अझै खुलाएको छैन। मृतक महिलाका दुई छोरी र एक छोरा रहेको स्थानीयले बताए।
मृतक महिलाका श्रीमान शिवबहादुर दर्लामी घरमै थिए । पटक पटक खुकुरी प्रहार गरि श्रीमतिको हत्या हुँदा श्रीमानलाई कसरी थाह पाएनन् त भनेर उनै श्रीमानलाई प्रहरीले केरकार गरिरहेको थियो।
त्यतिले मात्र नपुगेर अनुसन्धानको सुई प्रहरीले अन्यत्र पनि तेस्राएको थियो । सोधपुछ गर्दा छिमेकी पुरुषले आफुले हत्या गरेको स्वीकार गरेको एक जना जनप्रतिनिधीले नाम नबताउने सर्तमा बताए । जिल्ला प्रहरी कार्यालयमा आईपुगेका मृतकका आफन्तजन रुवावासी गर्दै हत्यामा संलग्नलाई कडा कार्बाही हुनु पर्ने माग गरिरहेका थिए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |