Clean Water Campaign

Awareness Campaign

गुल्मीमा तीन जनाको शव खोलामा फेला



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एक जना खोल्सामा र दुई जना बडिगाडखोलामा गरी तीन जनाको शव फेला परेको छ।

बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ। गुल्मीमा जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ६ का ४८ वर्षका धनश्याम भण्डारी, मुसिकोट नगरपालिका-४, आरुपाटाका २१ बर्षीय सन्दिप कुमाल र गुल्मीदरबार गाउँपालिका-२, घोरा उपल्लोखर्कका १२ बर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेका हो।

भण्डारीको शव आइतबार बिहान सोहि गाउँपालिकाको वडानम्बर–५ को हंसरा स्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा मृत फेला परेको थियो।

सिंचाई
Forest
Ad.

मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ।

मृतकको श्रीमती २ छोरी, १ छोरा सहित) माईतीघर चितवनमा बस्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ।

उता आरुपाटाका अविवाति सन्दिप मृत प्रायः अवस्थामा शनिवार साँझ ५ बजेको समयमा ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेका थिए । त्यस्तै उपल्लाखर्कका प्रिन्सको शव आईतबार दिउँसो ११ बजेको समयमा सोता भन्ने स्थानको बडिगाड खोलमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुर्यमान चौधरीले तिनै जना मृत फेला परेको पुष्टि गर्दै शनिवार पौडी खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका बालक प्रिन्सको शव आईतबार दिउँसो ११ बजेतिर फेला परेको जानकारी पाउन साथ आफु त्यस तर्फ जाँदै गरेको बताए ।

Awareness by SKF

त्यस्तै आरुपाटाका सन्दिप माछा मार्नका लागि जाल खेल्ने क्रमा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजी गर्ने क्रममा जालको डोरी खुट्टामा बेरिएको अवस्थामा फेला पारिएको थियो ।

मृत प्रायः उनलाई वामीटक्सार अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरेकोमा सोही दिन साँझ ८ बजेर ३५ मिनेट जाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताए।

बडिगाड खोलमा माछा मार्ने र पौडी खेल्ने क्रममा हाल सम्म धेरैले ज्यान गुमाउँदै आएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →