Clean Water Campaign

Awareness Campaign

गुल्मीका पत्रकार मोहन बस्नेतले बिहेको खर्चबाट बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आजकाल विभिन्न किसिमका समारोह सहित फजुल खर्च गरी बिहे गर्ने प्रचलन बढिरहेको छ, तर गुल्मीका चर्चित पत्रकार तथा युट्युबर मोहन बस्नेतले आफ्नो बिहे सामान्य रुपले गरेर बिहे गर्ने खर्चले बृहत स्वास्थ्य शिविर संचालन गर्ने भएका छन।

नेपाल अपडेट मिडिया युट्युब च्यानलका संचालक समेत रहेका बस्नेतको मंसिर १३ गते शरु आचार्यसँग सामान्य तरिकाले बिहे भएको थियो।

बस्नेतले सामाजिक सञ्जाल मार्फत “हाम्रो ‘प्रणय पल’ का अवसरमा जरुरी भन्दा पनि जरुरी सहयोगका क्षेत्र, व्यक्ति, परिवार वा सामाजिक संस्था भएमा सक्दो योगदानका लागि तयार छु।”

सिंचाई
Forest
Ad.

सोही बमोजिम प्रीतिभोज लगायतका नाममा गरिने फजुल खर्चसमेत समावेश गरि यही पौष १४ गते आफ्नै जन्मस्थानमा एक बृहत् स्वास्थ्य शिविर गर्ने तयारी गरिएको जानकारी दिएका छन।

‘स्वस्थ तन, स्वस्थ मन: तपाईंको आशीर्वाद, हाम्रो मिलन’ भन्ने मुलनारालाई आत्मसाथ गर्दै शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका विभिन्न विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने बताइएको छ।

जस अन्तर्गत महिला स्त्री रोग विशेषज्ञ चिकित्सक डा. नवीन तिरुवा, सुगर, प्रेसर, थाइराइड, बाथ, दम , पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा. शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रमेश अर्याल र टाउको, नशा तथा मनोरोग विशेषज्ञ डा. असिम रेग्मी लगायका डाक्टरहरुबाट शिविरमा सेवा प्रदान गरिनेछ।

नेपाल अपडेट मिडियाको आयोजना तथा हाम्रो पोलिक्लिनिक बुटवलको प्राविधिक सहयोगमा शिविर भाडगाउँ माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका-३ को प्राङ्गणमा पौष १४ गते शनिबार बिहान ९:३० बाट संचालन हुनेछ।

Awareness by SKF

वरिष्ठ चिकित्सकहरुबाट विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजित यस शिविरमा गुल्मी, अर्घाखाँची लगायत पायक पर्ने सबैले स्वास्थ्य लाभ लिन सक्ने बस्नेतले बताए। साथै उनी यस कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कुरामा आशावादी रहेका छन।

जिउँदो सालिक फाउन्डेसनका संस्थापक सालिक खत्रीले पत्रकार मोहन बस्नेतको यो कार्य अनुकरणीय र प्रशंसनीय रहेको बताए। भोज भतेरमा खर्च गर्नुभन्दा समाज कल्याणका काममा खर्चिनु उचित कार्य भएको उनले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो