Salime Malika Krishi Farm

Awareness Campaign

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७१ औँ श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष, खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं विशिष्ठ साहित्यकार डा. बम बहादुर जीताली ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्तव्य दिनु हुँदै आज देशको परिस्थितिलाई समेटिएको खोरिया, कविता, मुक्तक सुने एकदम खुशी लाग्यो। दशैं भनेको एकताको प्रतिक हो। पारिवारिक सम्बन्ध, सद्भाव अभिवृद्धि हो। परको लाई वर जोड्ने नै पर्व हो भन्नु हुदै शुभकामनाको साथ रचना सुनाउनु भयो।

बरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूल सॅगै तुलना गर्नु हुॅदै साहित्यको उचाई सगरमाथा जस्तै तुलना गर्नुहुँदै चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ १७१ औं श्रृङ्खला सम्म पुग्नुमा साच्चै साहित्यको सेवा हो भन्नु हुॅदै पारिवारिक प्रेरणा दिने बडा दशैंको शुभकामना दिनु भई रचना सुनाउनु भयो। ललिता दोषीले दशैको शुभकामना दिनु हुदै रचना सुनाउनु भयो।

चुडा निर्भिकको उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र, गंगा अभिलाषी, शुरेश घिमिरे, जानुका थापा, टेक बहादुर लौडारी, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, बीर बहादुर लोहनी लगायत १५ जनाले आ-आफ्नो रचना वाचन गर्नु भयो।

सिंचाई
Forest
Ad.

खोरिया प्रवर्तक, चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले सभापतिको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया लोक छन्द हो शीर्षक दिएर धेरै खोरिया लेख्न पनि सकिन्छ भन्दै खोरिया र गद्य कविता प्रस्तुत गर्नु हुदै प्रमुख अतिथि जिताली लगायत सम्पूर्ण साहित्यकार ज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भई मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो