Salime Malika Krishi Farm

Awareness Campaign

इस्मामा सामुदायिक स्वास्थ्य इकाई स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-४ को खगरेटामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ। सामान्य उपचारका लागि पनि १-२ घण्टा हिँडेर दोहोली आउनुपर्ने खगरेटा र आसपासका नागरिकलाई खगरेटामै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी उपचार दिन शुरु गरिएको इस्मा गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन्।

इकाइ स्थापना कार्यक्रममा उपस्थित स्थानीय रामबहादुर घर्तीले दाहोलि जानुपर्ने समस्या हटेको भन्दै खुसी व्याक्त गरे। उनले भने, ‘एउटा सिटामोल लिन पनि २ घण्टा हिँडेर दाहोलि जानुपर्थ्या, अब त्यो समस्या हटेको छ।’

त्यस्तै सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले चुनावमा बोलेको वाचा अनुसार काम गरेको बताए । उनले भने `हामीले चुनावमा खगरेटामा स्वास्थ्य इकाइ स्थापना गरी सामान्य उपचारका लागि दाहोलि जानुपर्ने बाध्यता हटाउँछौ भनेका थियौं, त्यही अनुसार गर्‍यौं।’

सिंचाई
Forest
Ad.

स्वास्थ्य इकाइमा हाल एक जना अहेब रहने र साउनदेखि नर्सिङ स्टाफ पनि थपिनेछन् ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो