अनिश पाठक, बागलुङ: बडिगाड गाँउपालिका अन्तर्गतको साविकको दगातुम्डाँडा गाविसमा १ नम्बर वडाको पञ्चेबाजा निकै लोकप्रिय थियो। विशेषगरी परियार समुदाय सहभागि भएर बजाईने पञ्चेबाजा गाविस भित्रका हरेक सार्वजनिक कार्यक्रम देखि विवाह र विभिन्न धार्मिक कार्यमा पनि त्यहिको पञ्चेबाजा निकै घन्किन्थ्यो।
बढ्दो उमेरका कारण पुराना बाजा बाधकले बाजा बजाउन नहिड्दा र युवा पनि बैदेशिक रोजगारीमा लाग्दा पछिल्लो सयम बजा बजाउने समुह बनाउन नै कुनै कुनै समयमा मुस्किल प्रर्ने गरेको छ । तर अहिले दगातुम्डाँडामा पञ्चेबाजाको संरक्षणमा परियार बाहेकका अन्य समुदाय पनि सक्रिय हुन थालेका छन ।
बडिगाड गाँउपालिका वडा नं. १ दगातुम्डाँडामा पञ्चेबाजाको लागि अन्य पञ्चेबाजा समुह जस्तै लोक बहादुर दर्जिको समुह पनि सक्रिय थियो । वडा नं. १ को तुम्डाँडा क्षेत्रमा लोक बहादुर पञ्चेबाजाका प्रमुख थिए । तर उनको २ वर्ष अगाडि मृत्यु भएपछि भने लामो समय देखि पञ्चेबाजाका लागि सकिृय समुह नै निस्कृय जस्तै भयो।

पञ्चेबाजाको मुख्य बाजा सनाई बजाउन्थे लोक बहादुरले । बाजा समुहका प्रमुख र सनाई बाधक नै नभएपछि उक्त समुह नै गुमनाम जस्तै भयो । युवा बैदेशिक रोजगारीमा गएका र वृद्धले बजा बजाउन नसक्ने भएपछि गाँउमा बाजा बजाउन जान्ने खासै कोहि भएन्न् ।
दलित र जनजाति समुदायको बसोवास रहेको बडिगाड १ मा फेरी अहिले पञ्चेबाजा पहिले जस्तै घन्किन थालेका छन । बडिगाड १ तुम्डाँडाका यम बहादुर भुजेल मगरको नेतृत्वमा रहेको पञ्चेबाजा समुहले अहिले पञ्चेबाजा बजाउने गरेका छन ।
नैमति मगर बाजा समुह दगातुम्डाँडाको गठन गरेर उनिहरुले २०७९ असोज १ गतेबाट बाजा बजाउन शुरु गरेका हुन । समुहबाट सहयोग रकम संकलन गरेर र अलिकति क्रण गरेर २ लाखमा बाजाको सेट खरिद गरेर बाजा बजाउन शूरु गरेको मगर बताउन्छन ।
“बाजा बजाउन त जानेको हैन किनौ, सिकौ र बजाउ भनेर क्रण गरेर भएपनि २ लाखमा बजा किनियो अझै ३० हजार जति क्रण बाकि छ उनले भने अझैपनि सिक्ने क्रम नै चलिरहेको छ । बाजा बजाउन पनि हिडिन्छ । रकम पनि जम्मा गर्न कोष खडा गरेका छौ ।”
तुम्डाँडाको पञ्चेबाजको अर्को राम्रो पक्ष भनेको समुहमा ३५ देखि ५५ वर्ष उमेरका युवा छन । उनिहरु विदेशमा दुख गरेर नेपालमै केहि गर्ने उद्देश्यले आएका हुन । जसले गर्दा उक्त पञ्चेबाजा समुहले निरन्तरता दिन सक्ने स्थानियको भनाई छ । अहिले सम्म रकमको तोक बन्दी गरेर हिड्ने नगरेको त बोलाएको ठाँउमा ८/१० हजार नघटाई दिने गरेको समेत यम बहादुर भुजेल मगर बताउन्छन ।
“म आफै पनि २०५३ सालमा २७ वर्षको उमेरमा कतार गएको थिए । ३ महिनामा मेडिकल फेल भएपछि नेपाल आएर पनि धेरै काम गरे । अहिले पनि म २०६६ सालमा स्थापना गरेको हर्वल सावुन उद्योगको मालिक हु । तर कला संस्कृतिको संरक्षण गर्ने हेतुले बाजा समुहमा पनि छु उनले भने ।”
विशेष गरि बाजा समुहमा स्थानिय स्तरमै ज्यालमजदुरी गर्ने युवा भएकाले बाजा समुहलाई बजा बजाउने सदस्य नपुग्ने समस्या भने छैन । बरु समुहले बाजा बजाएर आएको रकमबाट सामाजिक काम समेत गर्ने गरेको छ पञ्चेबाजा समुहले ।
बाजा समुहका सदस्य ३० वर्षका तोरन मगरका अनुशार समुहका सदस्यले बाजा बजाउन जाँदा आउने रकम सबै कोषमा राख्ने र अलिकति मात्रै बाढ्ने गरेका छन । अन्य रकम बाजा किन्दाको ऋण तिर्न र सामाजिक कामको लागि कोषामा राख्ने गरिएको छ ।
“बाजा बजाउन जाँदा दिएको सबै पैसा हामिले बाढेर लौजाने सिस्टम छैन । मगरले भने बाजा किन्दा लागेको ऋण तिर्न अलिकति छुटाउन्छौ । अतिकति कोष बनाएका छौ त्यसमा राख्छौ । बाजा बजाउन गको भन्ने बनाउन मात्रै सामान्य रकम बाढ्छौ । ”
प्राय तोरन जस्तै अन्य सदस्य ज्याला मजदुरीमै रमाउन्छन् र भने यम बहादुर आफ्नै व्यवसायमा । तर बाजा बजाउन र सिक्न भने उनिहरु सबै एकैठाँउमा भेला हुने गर्दछन । बजा बजाउन सिक्दै अरुलाई नचाउदै र आफ्नै बाजा तालमा नचाउदै अहिले उनिहरुको दिन बित्ने गरेको छ। -रेडियो सारथी
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










