Smoking Causes Cancer

गुल्मेली सर्जकहरुको उत्कृष्ट लोक गीत ‘बरको छायालाई’ युट्युबमा (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको वामीमा जन्मी युरोपेली देश चेक रिपब्लिकमा व्यवसाय गर्दै आउनुभएका सर्जक बैकुण्ठ रायमाझीको शब्द र संगीत संयोजनमा लोक गीत ‘बरको छायालाई’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर वामीमा जन्मी हाल चेक रिपब्लिकमा कार्यरत लोक गायक तथा मोडल अशोक परियार र सुनिता शर्माको रहेको छ।

रागा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई चर्चित गुल्मेली गायक तथा सर्जक रामचन्द्र चन्दले एरेन्ज गर्नुभएको हो। सिर्जन बरालद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं अशोक परियार र यशु भट्टराईको मुख्य अभिनय रहेको छ।

ओझेलका खबर डटकम संगको कुराकानीमा गीत निकै मेहनतका साथ निर्माण गरेकोले दर्शक तथा श्रोताको उल्लेख्य माया पाउने स्रष्टा रायमाझीले विश्वास व्यक्त गर्नुभयो।

सिंचाई
Forest
Ad.

रायमाझीका यस अघि पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन्। नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्धनमा रायमाझीको उल्लेखनीय योगदान रहेको छ। विशेष गरी पञ्चेबाजा र नौमती बाजाको संरक्षण हेतु नेपाल र विदेशमा थुप्रै कार्यक्रमको आयोजना गर्नुभएको छ। उहाँकै अग्रसरतामा वामीमा नौमती महोत्सवको आयोजना गरिएको थियो।

म्युजिक भिडियो हेर्नुहोस्:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया