Clean Water Campaign

Awareness Campaign

सामुदायिक विकासको नमुना: गुल्मीको आँपचौरमा प्रवासीको पहलमा ९० दिनमै पक्की पुल निर्माण



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: अहिले गाउँमा सरकार केन्द्रित विकास परनिर्भता बढेको छ। जनश्रमदान र सामुदायिक विकासको भावना दुर्लभ बन्दै गएका बेला मुसिकोट नगरपालिका-५, आँपचौरका स्थानीयले उदाहरणीय काम गरेका छन्। आँपचौरबाट परदेश पुगेकाहरुले गाउँमा थुप्रै सामाजिक काम गरिरहेका छन्। कोटेश्वर धाम जाने गेँदी खोलामा पक्की पुल निर्माण पछिल्लो उदाहरण हो।

अहिले वैदेशिक रोजगारीको क्रममा परदेश रहेका किरण खरेल, तुलाराम तिवारी एवं फडिन्द्र भट्टराईको सक्रियतामा सात लाख ६२ हजारको लागतमा १३ मिटर लम्बाई र डेढ मिटर चौडाई रहेको पक्की पुल निर्माण गरिएको पुल निर्माण समितिका संयोजक डिल्लीराज अर्यालले जानकारी दिए । आइतबार स्थानीय जेष्ट नागरिक तथा पण्डित दुर्गादत्त अर्याल र मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले संयुक्त रुपमा पुलको उद्घाटन गरे । प्रबासी युवा समाजसेवी र स्थानीय जयजय कोटेश्वर समूहको पहलमा तीन महिना अघि उक्त पुल निर्माण कार्य शुरु गरिएको थियो।

पुल उद्घाटन गर्दै नगरप्रमुख जीवन खरेलले प्रबासीहरुको सामाजिक सहयोग नगरभित्र निकै महत्वपूर्ण रहेको बताए । उनले विभिन्न देशबाट प्राप्त सहयोगले निर्माण भएका बिद्यालय, मन्दिर, पार्टी र पौवाहरुको संख्या निकै धेरै भएको बताउँदै खरेलले सामुदायीक एवं सामाजिक भावनाको प्रसंसा गरे । उनले यो काम नगरको दायित्वभित्र रहेपनि स्थानीय र प्रवासीहरुको सहयोग तथा पहलमा निर्माण भएको पुलले मुसिकोट नगर र चन्द्रकोट जोड्ने मात्रै नभएर कोटेश्वर पर्यटकीय क्षेत्रलाई नगरका अरु पर्यटकीय गन्तव्यसंग नजिक बनाएको बताए । पुल निर्माणका लागि स्वदेश तथा परदेशमा रहेका आँपचौरबासीले न्यूनतम पाँच सय रुपैयाँदेखि ५१ हजार रुपैयाँ सम्म सहयोग गरेका छन्।

सिंचाई
Forest
Ad.

आँपचौर देशमै कफिको उद्गम स्थल भएपनि पछिल्लो समय बसाईसराईले रित्तिदै गएको छ । तर, परदेश पसेकाहरुले गाउँमा देखाएको सद्भाव भने उदाहरणीय रहेको छ । पुल नहुँदा बर्षातमा आँपचौरको धार्मिक पहिचानसंग जोडिएको कोटेश्वर मन्दिर आवत–जावतमा निकै सास्ती हुन्थ्यो । पुल बनेपछि ढुक्कले आवत–जावतमा गर्न पाउँदा निकै खुसी लागेको स्थानीय लिलामणी अर्यालले बताए।

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कोटेश्वर धामको संरक्षण र प्रचार–प्रसारमा आफुहरुले थुप्रै लगानी गरेरहेको प्रवासी सामाजिक अभियान्ता किरण खरेलले जानकारी दिए । उनले कफि र धार्मिक पर्यटनसंग जोडेर आँपचौरको विकास गर्न आफूहरुको पहलमा स्थानीयले साथ दिएकाले काम गर्न सजिलो भएको बताए । पुल निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका ९५ जना आँपचौरबासीहरुले स्वतस्फुर्त रुपमा रकम सहयोग गरेका छन्।

सरकारले प्रबासीहरुसंग समन्वय गरेर अगाडी बढे थुप्रै सामाजिक काम गर्न सकिने अर्का अभियन्ता फडिन्द्र भट्टराईले बताए । उनले मुसिकोटबाट सयौको संख्यामा नागरिक युरोपियन देशहरुमा भएकाले मातृभुमिको विकास र समृद्धिको पक्षमा स्थानीय सरकारले प्रभावकारी योजना बनाएर प्रबासीहरुसंग समन्वय एवं पहल गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया