Clean Water Campaign

Awareness Campaign

बहुप्रतिक्षित गीत ‘गुल्मी हाम्रो घर’को म्युजिक भिडियो भोलि सार्वजनिक हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी हाम्रो घर, ज्यान दिन्छु भन्दा नि ए साइली छैन तिम्लाई भर।

यि शब्द भोलि सार्वजनिक हुन गइरहेको गीत गुल्मी हाम्रो घरको हुन्।

वियोगान्त प्रेमकथामा आधारित जन्मभूमिको मायाले ओतप्रोत यस गीतको शब्द र संगीत संयोजन गुल्मीको मुसिकोटमा जन्म भई हाल चेक रिपब्लिकमा रहनुभएका स्रष्टा बैकुण्ठ रायमाझीले गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

यस गीतको म्युजिक भिडियो सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत भोलि अपरान्ह तीन बजे सार्वजनिक गरिने बताइएको छ। यस गीतमा स्वर चर्चित गायिका टिका पुन, हाल चेक रिपब्लिकमा रहनुभएका स्रष्टा बैकुण्ठ रायमाझी, हाल अस्ट्रेलियामा कार्यरत स्रष्टा प्रकाश सापकोटा र हाल साउदी अरबमा कार्यरत स्रष्टा लिल सुगम छन्त्यालको रहेको छ।

बुटवलमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा अभिनय स्वयं बैकुण्ठ रायमाझी, वसन्ता खनाल, उज्ज्वल गिरी, विष्णु कार्की, सुरज रायमाझी लगायतले गर्नुभएको छ भने मनिष पन्थले निर्देशन, छायांकन र सम्पादन गर्नुभएको हो। एरेन्ज चर्चित गुल्मेली स्रष्टा रामचन्द्र चन्दले गर्नुभएको हो।

यसपाली नेपाल आएको अवसरमा उहाँले निर्माण गर्नुभएको यो दोस्रो सांगीतिक कोशेली हो। चाडपर्व मनाउन र नौमती सांस्कृतिक महोत्सव सम्पन्न गर्न जन्मभूमि आउनुभएका रायमाझीले तिहारको अवसर पारेर सोरठी गीत पनि निर्माण गर्नुभएको थियो। अर्को गीत पनि निर्माणाधीन अवस्थामा रहेको र छिट्टै सार्वजनिक गरिने उहाँले जानकारी दिनुभएको छ।

रोजगारीको खोजीमा जन्मभूमि देखि टाढा रहनुपरे पनि जन्मभूमि र यहाँका मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँको महत्वपूर्ण योगदानको जति सह्राहना गरेपनि कमै हुन्छ। नेपाली कला र संस्कृतिको संरक्षण र प्रचार हेतु उहाँले विदेशी भूमिमा पनि थुप्रै नेपाली मौलिक लोक संस्कृति झल्किने कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ। पुस्तान्तरणको अभावमा लोपोन्मुख अवस्थामा पुगेका नौमती बाजाको संरक्षणमा पनि उहाँको उल्लेखनीय योगदान रहेको छ।

Awareness by SKF

गुल्मीमा सम्भवतः पहिलोपटक रायमाझी कै अग्रसरतामा नौमती सांस्कृतिक महोत्सव आयोजना गरिदै आइएको छ। मुसिकोटको वामीटक्सारमा हालै मात्र तेस्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया