Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका युवाको उद्यमशीलता: घाँस खेतीबाट वार्षिक २० लाख आम्दानी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रमेश विश्वकर्मा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-३, गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो। चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै कृषि क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ। उहाँले ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरी २०७६ साउनबाट ८० हजार रुपियाँ लगानीमा घाँस खेती सुरु गर्नुभएको थियो।

उहाँले १२० रोपनी जग्गामा इपील–इपील, राईखन्यु र नेपियरलगायतका ५२ प्रजातिका घाँस खेती गर्दै आउनुभएको छ । जसमध्ये ८० रोपनी जग्गा गोकर्ण आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा उहाँले भाडामा लिनुभएको छ । घाँसखेतीसँगै नेपालीले बाख्रापालन पनि गर्नुभएको छ ।

उहाँले घाँस विक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय स्वरूप बाख्रापालन रोज्नुभएको हो । नेपालीको आधुनिक खोर छ । जसमा ३८ वटा बाख्रा छन् । भौतिक संरचनासँगै अहिलेसम्म ३० लाख बढी लगानी गर्नुभएका गोकर्णले यो वर्ष २० लाख आम्दानी गर्नुभएको छ ।

सिंचाई
Forest
Ad.

आफू घाँस खेतीमा लाग्न पशुपालनबाटै प्रेरित भएको नेपाली बताउनुहुन्छ । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका नेपालीले पशुको आहार पु¥याउने कार्य सहरबाट भइरहेको देखेपछि गाउँघरमै घाँस खेती गर्ने उद्देश्यका साथ घाँसको व्यावसायिक उत्पादनमा लागेको बताउनुभयो । “पशुपालन धेरै ठाउँमा गरेको देखियो । त्यसको आहार भने व्यवस्थापन नभएको अवस्थामा मैले दीर्घकालीन फाइदा देखेर घाँस खेती सुरु गरेँ” नेपालीले भन्नुभयो, –“अझैँ पनि घाँस खेतीमा कमी रहेकाले अरूले पनि सुरुवात गरेमा निकै फाइदा पुग्ने देख्छु ।”

आफूले परदेशमा कमाएको रकमबाट किनेको मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेको उहाँले सुनाउनुभयो । “८० हजारमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा किनेँ ।” नेपालीले भन्नुभयो,–“पछि घाँस खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भएँ ।” आफू उत्पादित घाँस भण्डारणमा जुट्न थालेको उहाँले सुनाउनुभयो । फागुन, चैत, वैशाख र जेठ महिनामा घाँसको हाहाकार हुन्छ । त्यो समयको लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उहाँले बताउनुभयो ।

गुल्मीका स्थानीय तहसँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र अन्य प्रदेशमा पनि घाँस बिक्री गर्ने सोच बनाएको उहाँले बताउनुभयो । नेपालीले आफू जस्तै अरूलाई पनि रोजगारी दिनुभएको छ । आफूसँगै दिनभर अर्को एक जना र मौसमी रूपमा १०र१२ जना गरी औसतमा दैनिक ८ जनाले रोजगार पाइरहेका छन् । सरकारले पनि आफू जस्ता कृषकहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । घाँस खेतीमा लाग्नुभएका नेपाली व्यक्ति देखेपछि जस्ताको त्यस्तै चित्र उतार्न सक्ने दक्षता पनि राख्नुहुन्छ । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको उहाँले सुनाउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया