Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेली सगरमाथा आरोही क्याप्टेन कार्कीलाई नगरपालिकामा सम्मान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई मुसिकोट नगरपालिकाले सम्मान गरेको छ।

मुसिकोट नगरपालिका-४, का कार्की नेपाली सेनाका अधिकृत (क्याप्टेन) हुन। उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर गुल्मीसहित देशको शिर उचो पारेका थिए।

मुसिकोट नगरपालिकाले गुल्मेली गौरव कार्कीलाई आफ्नो गृहपालिकामा स्वागत तथा सम्मान गरेको मेयर जीवन खरेलले जानकारी दिए। उनले धेरै पहिलेबाटै नगरले सम्मानको योजना बनाएपनि समयका कारण गर्न नसकिएको बताए।

सिंचाई
Forest
Ad.

खरेलले मुसिकोटको छोरा भएपनि देशकै शिर उचो राख्ने कार्कीको कर्मको प्रसंसा गरे। कलिलो उमेरमा कार्कीले प्राप्त गरेको सफलता र शाहस देखेर चौतर्फी प्रसंसा भइरहेको छ। सामान्य परिवारका कार्की पढाइमा समेत अब्बल छन्। साथै उनको बहिनी शिक्षा कार्की पनि अध्ययनमा निकै उत्कृष्ट रहेकी छन्।

होटल व्यावसाय गर्ने बुबा सुरज र आमा सरस्वती कार्कीको परिवार असल र सरल रहेको छ। नगरपालिकाले सपरिवार सम्मान गरेको थियो। आरोही क्याप्टेन कार्कीले मातृभुमिको माया र सम्मानले उर्जा प्राप्त भएको प्रतिक्रिया दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया