गुल्मी: गुल्मी जिल्लाको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा पुनः श्रीप्रसाद भलामी निर्वाचित हुनुभएको छ।
४० औँ क्याम्पस सभाको अधिवेशनबाट आगामी तीन वर्षे कार्याकालका लागि अध्यक्षमा भलामी, उपाध्यक्षमा धर्म बहादुर विश्वकर्मा, सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, घनश्याम पाण्डे, थम्मनबहादुर केसी, दुर्गाप्रसाद पाण्डे, निर्मला केसी, बेदप्रसाद कुँवर, राजकुमार श्रेष्ठ, शेषकान्त गौतम र हरिलाल न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता विष्णुप्रसाद बलालले जानकारी दिनुभयो।
अध्यक्ष भलामीकै यस अघिको कार्यकालमा क्याम्पस सञ्चालक समितिले २०७९ साउन ३० गते ६ महिनाका लागि क्याम्पसलाई आर्थिक संकटकाल घोषणा लगायतका विविध निर्णयले क्याम्पसलाई आर्थिक हिसाबले सबल बनाउन टेवा पुगेको थियो। भलामीकै नेतृत्वमा तत्कालिन समयमा रु.३ करोड ३६ लाख ८९ हजार ३ सय २७ कुल आर्थिक दायित्वबाट गुज्रिरहेको क्याम्पसको कुल दायित्व करोड भन्दा तल झरेको थियो।
क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएसँगै अध्यक्ष भलामीले क्याम्पसलाई देशमै नमूना क्याम्पसका रुपमा चिनाउने गरी शैक्षिक गुणस्तर वृद्धि गर्न दत्तचित्त भएर लाग्ने बताउनुभयो।
क्याम्पसलाई गति दिन नयाँ विषयहरु थप गर्ने र क्याम्पसमा दिगो आम्दानीको स्रोत व्यवस्थापन गर्ने कार्य नयाँ सञ्चालक समितिको काँधमा आएको समेत उल्लेख गर्नुभयो। अहिले क्याम्पसमा विद्यार्थीको कुल संख्या ७३१ रहेको क्याम्पस प्रमुख सूर्य उपाध्यायले जानकारी दिनुभयो। ४० औँ क्याम्पस सभा अधिवेशनको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको थियो। अघिल्लो कार्यकालमा भलामी नेतृत्वको संचालक समितिले आर्थिक संकटबाट बचाउदै क्याम्पसलाई फर्काउन सफल भएको भन्दै सरोकारवाला बिचको विषय बनेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |