गुल्मी, फागुन ३: बागलुङमा टिपर दुर्घटनामा परी गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ।
आज दिउँसो रुकुम पुर्व देखि बागलुङको बुर्तिबाङ तर्फ आउँदै गरेको ग १ क ६१८९ नम्बरको टिप्पर निसिखोला गाउँपालिका-६ मा दुर्घटना हुँदा टिप्पर चालक गुल्मीको इस्मा गाउँपालिका-३ का अन्दाजी ४८ वर्षीय कृष्ण कुमालको घटनास्थलमै मृत्यु भएको हो।
टिप्पर सडक देखि करिब २ सय मिटर तल खसेको टिपर चालक गुल्मीका कृष्ण कुमालको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल शर्मा सिलवालले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







