Smoking Causes Cancer

नेपालमै कफीको उद्गम थलो गुल्मीमा २२औँ राष्ट्रिय कफी दिवस सुरु, सप्ताहव्यापी कार्यक्रम गरिँदै



ओझेलका खबर
४० मिनेट अगाडि


Place for ads

गुल्मी । नेपालमै कफीको उद्गम थलोका रूपमा परिचित गुल्मीमा आज २२औँ राष्ट्रिय कफी दिवस–२०८३ सप्ताहव्यापी रूपमा मनाउन सुरु गरिएको छ।

“उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार” भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड गुल्मीको आयोजनामा राष्ट्रिय कफी दिवस मनाउन लागिएको हो।

गुल्मीमा कफी खेतीको इतिहास ८८ वर्ष पुरानो छ। वि.सं. १९९५ सालमा बर्माको लाहुरे जीवन बिताएर घर फर्किएका आपचौरका हिरा गिरीले बर्माबाट ल्याएको बेर्नाबाट गुल्मीमा कफी उत्पादन सुरु गरिएको जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार कफीको व्यावसायिक उत्पादन तथा बजारीकरण भने २०५३ सालदेखि सुरु भएको हो।

सिंचाई
Forest
Ad.

जिल्लाभर २ हजार ५० हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको र वार्षिक ८० मेट्रिक टन कफी उत्पादन हुने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन इकाई गुल्मीका इन्जिनियर तथा निमित्त कार्यालय प्रमुख विष्णु पोख्रेलले बताउनुभयो।

दिवसको पहिलो दिन आज जिल्ला सहकारी संघ लिमिटेडको कार्यालय परिसरमा गुल्मीको स्वादिलो कफी आमन्त्रित अतिथिहरूलाई चखाउँदै तथा शुभकामना आदानप्रदान गरेर मनाइएको छ। सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाइने जिल्ला सहकारी संघ लिमिटेडका व्यवस्थापक युवराज आचार्यले बताउनुभयो।

गुल्मीमा कफी उत्पादनको वर्तमान अवस्था, सम्भावना, चुनौती र बजारीकरणका विषयमा हामीले सम्बन्धित पक्षसँग गरेको कुराकानी सविस्तार प्रस्तुत गर्नेछौँ।

२२औँ राष्ट्रिय कफी दिवस–२०८३ को अवसरमा सम्पूर्ण कफी उत्पादक किसान, व्यवसायी, सहकारीकर्मी तथा कफीप्रेमीहरूमा ओझेलका खबरको हार्दिक शुभकामना!
…….
पोस्ट मिति : १ मंसिर २०८३
समय : दिउँसो २. ५० बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो