गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ पौवाखर्कस्थित घर्ग्याङ भिरमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मिति २०८३ कात्तिक २४ गते बिहान करिब ८ बजे ठुलाचौरदेखि पौवाखर्क जाने भित्री कच्ची सडकबाट करिब ७०० देखि ८०० मिटर तल घर्ग्याङ भिरमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए।
घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुरुमा नामथर र ठेगाना नखुलेका अन्दाजी ४०/४५ वर्षीय ती पुरुषको दुवै हातमा ‘सन्दिप’ नामको ट्याटु खोपिएको प्रहरीले जनाएको थियो।
प्रहरीको थप अनुसन्धानका क्रममा मिति २०८३ कात्तिक २७ गते साँझ ५:१५ बजे मृतकको पहिचान खुलेको हो। छत्रकोट गाउँपालिका–१ हुँगा निवासी ३६ वर्षीय विष्णु सार्की रहेको भन्दै उनकी बहिनी कमला सार्कीले सनाखत गरेकी थिइन्।
घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुरुमा नामथर र ठेगाना नखुलेका अन्दाजी ४०/४५ वर्षीय ती पुरुषको दुवै हातमा ‘सन्दिप’ नामको ट्याटु खोपिएको प्रहरीले जनाएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी बिरेन्द्र बिश्वकर्माका अनुसार थप अनुसन्धानका क्रममा हिजो कात्तिक २७ गते साँझ ५:१५ बजे मृतकको पहिचान खुलेको हो। छत्रकोट गाउँपालिका–१ हुँगा निवासी ३६ वर्षीय विष्णु सार्की रहेको भन्दै उनकी बहिनी कमला सार्कीले सनाखत गरेकी थिइन्।
श्रीमतिले अर्को विवाह गरेर गए पछि बाहिर बाहिर हिड्दै र बेसहार जस्तै बनेका थिए । उनी सडक भन्दा झण्डै चार सय मिटर तल अफ्ठ्यारो भिरमा खसेका थिए । उनको टाउको र मुहार हेर्नै नसकिने अबस्था घाजैघाजा थियो ।
पोस्टमार्टमपछि मृतकको शव परिवारले बुझिलिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
……..
पोस्ट मिति : २०८३ कात्तिक २८ गते
समय : ०९: १५ बजे
…….
ओझेलका खबर — खबर भित्रको खबर
…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









