मुख्य समाचार
* वेदबहादुर थापा मगर जिल्ला सभापतिमा निर्विरोध निर्वाचित।
* सचिवमा रविन्द्र घिमिरे सर्वसम्मत।
* क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सभापति पनि चयन।
* जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यको नाम तत्काल सार्वजनिक नगरिने।
तम्घास । नेपाली कांग्रेसको देउवा पक्षीय १५औँ महाधिवेशनअन्तर्गत गुल्मी जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न भएको छ।सम्पन्न अधिवेशनले वेदबहादुर थापा मगरलाई जिल्ला पार्टी सभापति पदमा निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, सचिवमा रविन्द्र घिमिरे पनि सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा मार्कण्ड भण्डारी र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कृष्ण थापा निर्वाचित भएका छन्। त्यस्तै, क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा जीवन थापा र क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा दर्शन थापा निर्वाचित भएका छन्।
क्षेत्र नम्बर १ बाट सुवर्ण ज्वारचन ( कान्छी दिदी ) वेदबहादुर थापा मगर, पृथ्वीबहादुर फौजदार, योगराज कँडेल, झकबहादुर पुन, भरत बस्नेत, सुदर्शन गौतम, मौसम भण्डारीलगायत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
त्यस्तै, क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल, ज्ञानबहादुर कार्की, पूर्ण केसी, रविन्द्र घिमिरे, अधिवक्ता देवीप्रसाद रिजाल, ईभा घिमिरे, लक्ष्मी खण्डकालगायत महाधिवेशन प्रतिनिधि चुनिएका छन्। जनजाति, दलित, मुस्लिमलगायतका समावेशी क्लस्टरबाट प्रतिनिधि चयन गर्न भने बाँकी रहेको केसीले बताए।
अधिवेशनको उद्घाटन गुल्मी कांग्रेसका पुराना नेता ८५ वर्षीय ताराप्रसाद पाण्डेले गरेका थिए। कार्यक्रममा देउवा पक्षीय नेपाली कांग्रेस, रुपन्देहीका नकेन्द्रिय प्रतिनिधि डाक्टर दामोदर भुसाल , ताराप्रसाद भण्डारी, सुरेशचन्द्र भुसाल, पुर्व सासद झकबहादुर पुन, गायतले विशेष अतिथिका रूपमा मन्तव्य राखेका थिए।
वेदबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा योगराज कँडेलको।स्वागत मन्तव्य, पूर्ण केसीले धन्यवाद मन्तव्य र रविन्द्र केसीको सञ्चालन रहेको थियो ।
.
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









