Smoking Causes Cancer

अर्घाखाँचीमा बस दुर्घटना : ३२ घाइते, ६ जनाको अवस्था गम्भीर



ओझेलका खबर
६ घण्टा अगाडि


Place for ads

मुख्य विवरण
* सुपादेउराली दर्शन गरेर फर्किने क्रममा बस दुर्घटना।
*बसमा सवार यात्रुसहित ३२ जना घाइते।
* ६ जनाको अवस्था गम्भीर, १० जनाको मध्यम।
मोटरसाइकलमा सवार दुई जनासमेत घाइते।

अर्घाखाँची  । रुपन्देहीको सुनवलबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि आएका भक्तजन चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर, १० जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीका अनुसार सुपादेउराली दर्शन गरेर फर्किने क्रममा लु १ ख ३७२ नम्बरको बस शीतगङ्गा नगरपालिका–२ स्थित भुवनपाटामा दुर्घटनामा परेको हो।

सिंचाई
Forest
Ad.

बसको ब्रेक फेल भई चालकको नियन्त्रणबाहिर गएपछि सडक छेउको भित्तामा ठोक्किएको थियो। सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई समेत बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने पछाडि सवार पुरुषको अवस्था गम्भीर रहेको छ। प्रहरी निरीक्षक पन्थीका अनुसार मोटरसाइकलमा सवार गम्भीर घाइते पुरुषसहित बसमा सवार पाँच जनाको अवस्था गम्भीर रहेको छ।
घाइते सबैलाई ठाडा स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरी निरीक्षक पन्थीले जानकारी दिनुभयो।

पोस्ट मिति : २०८३ कात्तिक २० गते
समय : १६ : ५०  बजे
ओझेलका खबर — खबर भित्रको खबर

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो