गुल्मी: गुल्मी जिल्लाको साविक अर्लाङ्कोटमा जन्मिएर अष्ट्रेलियामा बस्दै आएका युवा व्यक्तित्व भेषराज सापकोटाको निर्गुण भजन ‘सद्दे मनको वैराग्य’ को निर्माण कार्य सम्पन्न भएको छ। शब्दसाधक हेमनाथ खरालका हृदयस्पर्शी शब्द तथा भेषराजको सांस्कृतिक समर्पणले तयार भएको यो भजनलाई निर्माण पक्षले नेपाली भजन संगीतमा नयाँ ऊर्जा भर्ने कृति भएको बताएको छ।
‘अब छिट्टै यो हाम्रो सांगीतिक प्रस्तुती बजारमा पस्किदै छौँ।’ हामी संगको कुराकानीमा भजनका शब्द संकलक हेमनाथ खरालको भनाई थियो।
भजनका शब्द संकलक खराल पछिल्लो समय आध्यात्मिक भावनालाई सरल र प्रभावकारी ढंगले अभिव्यक्त गर्ने सशक्त भजन सर्जकका रूपमा परिचित छन्। यिनै शब्दहरूले भजनलाई गहिरो आध्यात्मिकता र जीवनदर्शनसंग जोडिदिएको संगीतकारको भनाइ छ।
प्रदेशमा रहदा पनि जन्मस्थानको मायाको कारण सांस्कृतिक कार्यमामा समेत निरन्तर सक्रिय भेषराज सापकोटाको भिजन सबै तर्फ चर्चामा छ। समन्वयसम्मका सबै पक्षमा प्रमुख भूमिकामा रहे। कलाकार तथा प्राविधिकसंगको उनको सहज व्यवहार र व्यवस्थापन क्षमताका कारण परियोजना सहज रूपमा अगाडि बढेको टिमले जनाएको छ।
भजनमा संगीत प्रकाश सापकोटाले भरेका छन्। वरिष्ठ संगीत गुरु बिबि अनुरागीको संगीत संयोजन, र प्रिज्मा स्टुडियो,बबरमहलमा सम्पन्न रेकर्डिङले भजनलाई गुणस्तरीय अडियो स्वरूप दिएको छ। मिक्सिङ मास्टरिङ चर्चित इन्जिनियर श्यामस्वेत रसाइलीले गरेका हुन्।
मुख्य भोकलमा लोकप्रिय कलाकार बसन्त थापा छन्। साथै सुनिता बुढा, भेषराज सापकोटा सहित नौ जना कलाकारले भजनमा स्वर दिएका छन्।
भिडियो निर्देशन केशवराज भट्टले गरेका छन् भने सम्पादन प्रविण भट्टले गरेका छन्। मोडल सुरेश कोहली, स्मारिका ढकाल, पवित्रा पौडेल, भेषराज सापकोटालगायत कलाकारको अभिनय भिडियोमा समावेश छ। छायांकन महेश महराले गरेका हुन्।
भजनको सुटिङ स्थल देवघाट धामस्थित हरिहर सन्यास आश्रम र गलेश्वर आश्रम रहेका छन्। चितवन, गैँडाकोट तथा अर्लाङकोट वामी क्षेत्रका सयौँ श्रद्धालु, विद्यार्थी र सरस्वती भजन मण्डलीको सहभागिताले भिडियोलाई भव्यता दिएको भजनमा ब्रह्मचारीको भूमिकामा रहेका समाजसेवी मिलन सापकोटाले बताए।
भजन गायिका सुनिता बुढा क्षेत्रीको आधिकारिक युट्युब च्यानलमार्फत आउँदो हप्ता सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











