गुल्मी, असोज ३: गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा स्वर्गीय भेषराज पोखरेलको स्मृतिमा उहाँकी श्रीमती रिता पोखरेलले १ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्नुभएको छ।
विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको उक्त अक्षय कोषबाट विद्यालयका जेहनदार तथा मेहनती विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ।
अक्षय कोष स्थापना गर्दै रिता पोखरेलले आफ्ना दिवंगत श्रीमान भेषराज पोखरेलले सोही विद्यालयमा अध्ययन गरेको र आफ्ना छोराछोरीले पनि त्यहीँ अध्यान गरेको स्मरण गर्नुभयो।
उहाँले विद्यालयसँग भावनात्मक सम्बन्ध जोडिएको भन्दै उक्त कोषले विद्यार्थीलाई प्रोत्साहन दिने र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय परिवारले स्व. भेषराज पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै रिता पोखरेललाई विद्यालय विकासप्रतिको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।
क्यान्सरको बिमारबाट २०७८ साल साउन ११ गते गते पोख्रेलको ४९ बर्षको उमेरमा निधन भएको थियो । उहाँको श्रीमति जैसिथोकोकै रौताडी प्राथमिक बिध्यालयको शिक्षिका हुनुहुन्छ।
भारतका ठुला ठुला अस्पताल सम्म पुराईयो , दिन कै एक लाख सम्म खर्च गरियो तर पैसाले बचाउन सकिएन ,- श्रीमति पोख्रेलले भन्नु भयो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







