Clean Water Campaign

Awareness Campaign

विष्णु माझीको ‘पुतलीको भट्टी भाग २१’ ‘म त नराउरी’ बोलको तीज गीत सार्वजनिक



वासुदेव पोखरेल
३ घण्टा अगाडि


       

Awareness

Place for ads

गुल्मी: नेपाली लोकसंगीतकी अनुपम रजततारा विष्णु माझीले यस वर्षको तीजमा पनि आफ्नो जादुई स्वरको उपहार दिएकी छन्। हरेक वर्ष जस्तै यसपटक पनि उनले एक मात्र तीज गीतमार्फत सम्पूर्ण श्रोतालाई मोहित तुल्याएकी छन्। ‘पुतलीको भट्टी भाग २१’ शीर्षकमा सार्वजनिक भएको गीतको बोल ‘म त नराउरी ’ रहेका छन्, जसले तीजको उमङ्ग र महिलाको भावनालाई जीवन्त ढङ्गले उतारेको छ।

गीतमा लय र शब्द सिर्जना सुन्दर मणि अधिकारीको रहेको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्। गीतको रेकर्डिङ राग स्टुडियोमा सम्पन्न भएको हो। विशेषता के भने, विष्णु माझी कुनै पनि मञ्चीय कार्यक्रममा उपस्थित नहुने र मिडियाबाट टाढा रहने भए पनि, उनका गीतहरू बजारमा आए संगै लाखौंको मुखमा झुण्डिन थाल्छन्।

संगीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। कोरियोग्राफी मौसम हिमाली, निर्देशन सुन्दर मणि अधिकारी, छायांकन शम्भु चालिसे, सम्पादन प्रविन भट्ट, र अभिनयमा ललिता पौडेलको दमदार प्रस्तुति छ।

सिंचाई
Forest
Ad.

साधारण जीवनशैली, सार्वजनिक कार्यक्रमबाट टाढा रहने बानी, तर असाधारण आवाज — यी सबै कारणले विष्णु माझी आजको नेपाली लोकसंगीतमा एउटा दन्तकथाजस्तै बनेकी छन्। उनका गीत सुन्ने जो–कोहीले एकपटक मात्र होइन, पटक–पटक सुनिरहने बानी बसाल्छन्।

‘पुतलीको भट्टी भाग २१’ बजारमा आएसँगै तीजको माहोल अझै रङ्गीन बनेको छ र श्रोताहरूले यो गीतलाई वर्षको उत्कृष्ट तीज गीतमध्ये एक मान्न थालेका छन्।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो