गुल्मी, असार ३२ । गएराती गुल्मीको मदाने गाउँपालिकामा एम्बुलेन्स तिन सय मिटर तले खसेर भयानक प्रकारको दुर्घटना हुँदा पनि त्यसका चालक शौभाग्ले बाँचेका छन । मदाने गाउँपालिकाको केन्द्र पुर्कोटदहबाट वडा नम्बर २ को बसुन्धरा तर्फ जाँदा गरेको लु १ झ ४७८ नम्बरको एम्बुलेन्स सोही वडाको रोटेपानी स्थित दुर्घटना हुँदा त्यसका चालक अन्दाजी ४५ बर्षीय दुर्गाप्रसाद भुसाल शौभाग्यले बाँच्न सफल भएका हुन ।
हिजो साँझ साढे ९ बजेको समयमा ब्रेक फेल भई दुईघटना भई ठाउँ ठाउँमा भल्र्याङ्ग खाँदै एम्बुलेन्स ३०० मिटर तल खस्दा पनि चालक भुसाल शौभाग्यले बाँचेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारुले जानकारी दिनु भयो ।
चालक घाईते टाउँको र शरिरमा घाईते भई स्थानीय बसुन्धारा सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गराई रहेको र अबस्था सामन्य रहेको डिएसपी सारुले बताउनु भयो । उक्त खबर पाउन साथ अस्थाई प्रहरी पोष्ट बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्द विक्रम आचार्यको कमाण्डमा पुगेको टोलीले उद्धार गरेको बताईन्छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







