Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, पालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन्। आर्थिक बर्ष २०७८/७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम नसक्दा योजना अधुरै रहेका हुन्।

पूर्वाधार विकास कार्यालयअन्तरगत हुनुपर्ने तीन योजनाको काम पुरा भएको छैन । जसमा सबैभन्दा धेरै १२ किलोमिटरको सेउघा–सिमाघाट–बर्बोट सडक हो । २०७७ असार १० मा सम्झौता भएको कामको लागि भ्याट बाहेक १६ करोड ३२ लाख १६ हजार ४०४ रुपैँया ८० पैसा रहेको छ । स्वयम् निर्माण व्यवसायीले राखेको होर्डिङ बोर्डमा उक्त काम ०७८ असौज ०७ मा सम्पन्न भइसक्नुपर्ने थियो।

तर अहिले निर्माण सामग्रीहरु सडकमै अलपत्र अवस्थामा छन् । जसले गर्दा होर्डिङ बोर्डले स्वयम् व्यवसायी र कार्यालयलाई नै गिज्याइरहेको छ । निर्माण व्यवसायी एएनके माउन्टेन जेभी, पानीपोखरी काठमाडौका प्रतिनिधि उपेन्द्र अर्याल अहिले काँग्रेसको तर्फबाट मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए। अर्याल आफु उपाध्यक्ष भएपनि सडक भने अधुरै राखेका छन् ।

सिंचाई
Forest
Ad.

तम्घास–रेसुङ्गा सडक अन्तर्गत गड्जुरादेखि माथिको तीन किलोमिटर सडकको काम अझै पुरा भएको छैन। ०७४ असार ३० मा आशिष रामेछापले छ किलोमिटर सडक पिच गर्नको लागि भ्याट बाहेक १५ करोड १८ लाख ९९ हजार १०६ रुपैँया ७० पैसामा सम्झौता ग¥यो । उक्त काम गत असारसम्म सकिसक्नुपर्ने थियो । कम्पनीले सबै सडकमा ग्राभेल र नाली निर्माण गरी तीन किलोमिटर पिच गरेपनि तीन किलोमिटर सडक पिचको काम भने बाँकी राखेको छ । काम गरेबापत कम्पनीले पूर्वाधार विकास कार्यालयबाट ११ करोड ९६ लाख ८० हजार ३६९.९० रुपैँया बुझिसकेको छ । अहिले सडकको काम अधुरो छ ।

खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाडा–सेउघाअन्तरगतको ४ं.५ किलोमिटर सडक पिच गर्नको लागि मोतिदान राजेश्वरी सुनिल समिर जेभीले ०७४ असार ३० गते सम्झौता गर्यो। भ्याट बाहेक नौ करोड ४६ लाख ७३ हजार तीन सय रुपैँया ८५ पैसाको काम ०७९ असार मसान्तसम्म सकिसक्नुपर्ने थियो। तर हालसम्म २.५ किलोमिटर सडक मात्रै पिच भएको छ । बाँकी दुई किलोमिटर पक्की गर्ने काम अधुरै रहेको छ । कम्पनीले हालसम्म चार करोडभन्दा बढी रकम बुझिसकेको कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले बताए।

पाल्पास्थित सडक डिविजन कार्यालयमार्फत दुई आयोजनाको काम अधुरै छ। सिद्धार्थ श्रेष्ठ जेभीले जिम्मा लिएको रुद्रवेणी–वामीटक्सार सडकअन्तरगत वामीटक्सार–भुवाचिदी खण्डको तीन किलोमिटर सडकको काम अधुरो छ । आ.व. ०७६÷७७ मा कुल पाँच करोड ९० लाखको सम्झौता गरेको कम्पनीले पाँच किलोमिटर पिच गर्नुपर्ने थियो । तर अहिलेसम्म दुई किलोमिटर मात्रै पक्की गरेको छ । उक्त काम गरेबापत कम्पनीले चार करोड ९० लाख भुक्तानी पाएको छ ।

रुद्रवेणी पल्लाफाँट सडकको २.५ कि.मि. सडक पिच गर्नेगरी रायमाझी राजेश्वरी पिटिआर अधिकारी जेभीले ०७८ जेठमा सम्झौता गर्यो। उक्त काम ०७८ चैत मसान्तसम्म सकिसक्नुपर्ने थियो । तर हालसम्म पनि सडकको काम अधुरै रहेको सडक डिविजन पाल्पाका इन्जिनियर निरञ्जन शर्माले अर्यालले राजधानी दैनिकलाई बताए ।

Awareness by SKF

रेसुङ्गा नगरपालिकास्थित आदर्शचोक–छात्रापाटा सेतोगुरास सडकअन्तरगतको २५० मिटर पिच गर्नेगरी डिएनडी कम्पनीले जिम्मा लियो । कुल ३५ लाखको काम गत आर्थिक बर्षमै सक्नुपर्ने थियो । तर विविध कारण देखाउदै काम अझैसम्म पनि पुरा भएको छैन।

मदन भण्डारी राजमार्ग अन्तगतको फुलबारी चोरकाटे सडकमा १.२ किलोमिटर सडक पिच गर्नको लागि मोडिल कन्स्ट्रक्सनले ०७८ असार ६ गते सम्झौता ग¥यो । कुल एक करोड २३ लाख १८ हजार १७४ रुपैँया ७२ पैसाको काम ०७८ पौष ३० गते सम्पन्न हुने उल्लेख छ । तर अहिलेसम्म पनि काम पुरा भएको छैन। फुलबारी चोरकाटे सडक अन्तर्गत छ सय मिटर सडक पिच गर्नको लािग श्रेष्ठ कन्स्ट्रक्सन सेवाले एक करोड आठ लाख ५४ हजार ३७६.३५ मा सम्झौता गर्यो। गत वैशाखको ८ गते सम्झौता गरेको काम असार २० गतेसम्म पुरा गरिसक्नुपर्ने थियो । तर अहिले पनि काम अलपत्र जस्तै छ।

सदरमुकाम तम्घासको सडक स्तरोन्नती गर्ने काम पनि गत आ.व.मा सम्पन्न हुन सकेन। गत वैशाखमा काठमाडौको आर.ए. विल्डर्सले भ्याट बाहेक तीन करोड ९१ लाख ५१ हजार ७४ रुपैँया २५ पैसामा कामको सम्झौता गर्यो। उक्त रकमबाट भगवती मन्दिरदेखि बेरियलसम्मको सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालय जाने बाटो र सोही कार्यालय हुँदै रेसुङ्गा मावि जाने २५० मिटर सडक नालीसहित कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी सडकमा ट्राफिक चिन्ह राख्ने, ट्राफिक नियम सहितका रङ्ग लगाउने लगायतका कार्य गर्ने सम्झौतामा उल्लेख छ। तर विभिन्न बहाना बनाउदै काम गरिएको छैन । बरु उल्टै सडक भत्काइएको छ।

निर्माण व्यवसायी गुल्मीका महासचिव हरी कुमार श्रेष्ठले समयमै भुक्तानी नपाउनु, मूल्य वृद्धि, गिट्टी बालुवाको सहजिकरण नहुनु जस्ता कारणले काममा ढिलाई हुने गरेको बताए । काम सकेपनि प्राविधिकले ठिकसँग मूल्याकंन नगर्ने, ठेक्काकै रकमबाट प्रहरी, राजनीतिक दल लगायत सबैलाई मिलाउनुपर्ने भएकोले पनि काम समयमै नसकिने श्रेष्ठको भनाई छ । ‘काम सम्पन्न भएका योजनाको करोडौ रकम भुक्तानी भएको छैन ।’ उनले भने, ‘राज्य व्यवसायीप्रति उत्तरदायी नहुँदा समस्या भएको छ।’

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले चालु आर्थिक बर्षमा तीनओटै योजनाको काम पुरा हुने बताए। ‘काममा समस्या देखिएपनि व्यवसायीहरुले म्याद थपको प्रक्रिया अपनाउनुभएको हो।’ उनले राजधानीसँग भने, ‘यो बर्ष पुराना आयोजनाको काम पुरा हुन्छ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया