Awareness

गुल्मीमा ९२ प्रतिशत रोपाइँ

कृषि खबर खबर

Place for ads

हुमाकान्त पोखरेल, गुल्मीः गुल्मीका ९२ प्रतिशत खेतमा धान रोपिएको छ। बर्षे धान खेती हुने कुल आठ हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये कुल आठ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो।

गत बर्ष यही समयसम्म ९६ प्रतिशत अर्थात आठ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। बर्षादको कमी भएकोले पानीका मुल नफुटेको केही टारी खेतमा पानीको अभावले रोपाई हुन नसक्दा गत बर्षभन्दा कम क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो।

Get Vaccinated

जिल्लाको कालिगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, च्यामी फाँट, चन्द्रकोटको मजुवा, रुपाकोट, शान्तिपुर लगायतका क्षेत्रमा धान रोपिएको छ।

त्यसैगरी मुसिकोटको तल्लाफाँट, इन्द्रगौडा, भुवाचिदी, वामीटक्सार, मालिकाको सिमलटारी, शिलादी, मदानेको सिम, अग्लुङ फेदी, धुर्कोटको पनाहा खोला र छल्दीको आसपासको क्षेत्रमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

इस्माको चौरासी फाँट, हुलाके, निस्ति खोलाको आसपास, गुल्मीदरबारको टारी फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग एवम् रुरुक्षेत्रको टाहाटिम, घिउबेसी, छम्दी लगायतका क्षेत्रमा धान रोपिएको छ । अहिले सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली लगायतका उन्नका जातका शंकर, उपज, यूएस ३१२ लगायतका हाइब्रिड जातका धान रोपिएको कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । त्यसका साथै हंशराज आपझोले, काठे, सानो भट्टे, कोदे, बडियारे, मार्सी, रातो मार्सी लगायतका स्थानीय जातका धान पनि लगाइएको छ।

जिल्लामा चैत ३५० र बर्षे आठ हजार ८०३ गरी कुल नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमा गत बर्ष २७ हजार ८० मेक्ट्रिक टन धान उत्पादन भएको थियो । गुल्मीमा रासायनिक मल उपलब्ध भएको छ।

Awareness by SKF

जिल्लाका सबै ठाउँका लागि युरिया ३८८ मेक्ट्रिक्टन, डिएपी १४२.५ मेक्ट्रिक्टन एवम् पोटास ९.५ मेक्ट्रिक्टन मल जिल्ला आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मल बिक्रिको लागि जिल्लामा ३८ बिक्रेता सूचिकृत भएका छन्।

कृषि ज्ञान केन्द्रले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि पनि स्थानीय तहपिच्छे मलको आवश्यकताको तथ्याङ्क संकलन गरेको छ। जसअनुसार युरिया एक हजार २८२, डिएपी ५७२ र पोटास २४८ मेक्ट्रिक्टन मलको माग भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *