Awareness

गुल्मीका एक किसानले राँगाे पालेरै वार्षिक ८ लाख आम्दानी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: जीवन जिउन अनेकौँ सँघर्ष गरेका रुरुक्षेत्र गाउँपालिका वडा नं. १ अम्लपाटाका इन्द्र ज्ञवाली ‘कान्छादाई’ छाेराहरुले गरेकाे पौरखले खुसी देखिन्छन् ।

गाउँका सबै युवाहरु विदेशतिर पलाएन भईरहँदा इन्द्र ज्ञवालीका तीन छाेरा शिव, बसन्त र रामु ज्ञवालीले गाउँ पनि छाडेका छैनन र गाउँमै इलम गरेर बसेका छन ।

जेठा शिव ज्ञवालीले स्थानीय रिडीबजारमा मासु पसल गर्छन भने अरु दुई भाई घरमै बसेर खेतीपाती पशुपालन कार्य गर्छन ।

याे परिवारले करिब बाह्र वर्षदेखि राँगो पालनलाई आफ्नो प्रमुख पेसा नै यही बनाएकाे छ । राँगाे पालनबाट वर्षमा सातदेखि आठलाखसम्म आम्दानी हुने गरेकाे इन्द्र ज्ञवालीका जेठा छाेरा शिव ज्ञवाली बताउँछन् ।

मुख्यरुपले रुरुक्षेत्र गाउँपालिकाकाे वडा नं. ३ थानपतिकाे बसन्त पाेखरी, खाेरबारी पाेखरा, गौतमटाेल, फेक्लदि, फल्लेखर्क, स्यालपाेखरीका सातै वडा न १ काे च्यूरेककाे सबै क्षेत्रका भैसिपालक किसामहरुका लागि विउ-राँगाेकाे रुपमा उनले पालेकाे राँगाेकाे अत्यधिक माग हुन्छ ।

२०६६ सालबाट राँगाेपालन शुरु गरेकाे याे परिवारले शुरुमा एउटा भैँसी बाली जाँदा तिनसय पचास लिने गरेकाेमा बाह्र वर्ष वित्दा एउटा भैँसि बाली गए १ हजार ५ सय लिने गरेकाे बसन्त ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘दिनरात झरि वर्षा नभनी किसानहरुले बाेलाएका ठाउँमा पुगेका छौँ, किसानहरुले पनि भैँसीवाली गएपछि सजिलै पैसा दिनुहुन्छ ।’

वास्तवमा राँगाे पालन धेरै गाह्रो छ । स्याहार सुसार खान्कीकाे सबै व्यवस्थापन गर्नु पर्ने भएकाले महँगाे त छ तर पनि याे व्यवसायमा लागियाे र परिश्रम गरियो आम्दानी पनि राम्रै हुने शिव ज्ञवालीकाे भनाई छ ।

Awareness by SKF

“सिजनमा त दिनमै पाँच छ ठाउँपनि राँगाे लिएर जानुपर्छ व्यवसाय नै यहि भएपछि नाई भन्न भएन” उनले भने ।

“हामी तिनै भाई घरमै छौँ । म रिडीमा फ्रेस हाउस गर्छु । भाईहरुले राँगाे पालन गरेका छन । राम्ररी नै घर चलेकाे छ” शिव ज्ञवालीले भने, “विदेश तिर गएपनि दु:खै हाे, बरु आफ्नो गाउँमा दु:ख गर्न जाति । यहि साेँचेर गाउँमै बसेर व्यवसाय गरेका छौँ चलेकै छ।” उनले पालेकाे राँगाे उन्नत जातकाे हाे। -सेतोमसीबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया