Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा पेट पाल्न ज्यानको बाजी थापेर पहिरोको जोखिमकाबीच ढुगांखानीमा काम गर्दै मजदुर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: ठुलो पहाड र अनकन्टार भिर। कपेरामा काम गर्ने विपन्न परिवारलाई ढुङ्गा थाप्लोमा खस्नेभन्दा जोहोको चिन्ता छ। टाउकोमा कसैको हेलमेट छैन्। हातमा पन्जा र आखाँमा चश्माको त परैको कुरा। आँखा झिमिक्क गर्दा ज्यान जान सक्छ। काम गरिरहेकै अवस्थामा पनि कैंयौं पटक ढुङ्गा खस्छन्।

रेसुङ्गा नगरपालिका १२ का ५१ बर्षीय गुन बहादुर विकले सोहि ढुङ्गाखानीमा काम गर्थे । केहि समय अघि काम गरिरहेकै अवस्थामा पहिरो खस्यो । गम्भिर घाइते विकको उपचारकै क्रममा ज्यान गयो । सोहि खानीले गुल्मी दरवार गाउँपालिका १ बलिथुमकी गाण्टी कुमारी कुवंरलाई पनि अपाङ्ग बनायो । अहिले पनि कुवंर बिस्तारामै छन् ।

गुल्मीको रेसुंगा नगरपालिका १२ को उर्लेनी ढङ्गाखानीमा काम गरेर ६० भन्दा बढि बिपन्न परिवारले बिहान–साँझको गर्जो टारेका छन् । यो खानी संभवत जिल्लाकै ठुलो हो । करिव तीन दशकदेखि ढङ्गाखानी संचालनमा रहेको छ । स्थानीयका अनुसार सुरुमा गुल्मीसहित बाग्लुङ्ग र प्युठानका करिव तीन जनाले काम गर्थे । अहिले बिस्तारै काम गर्नेहरु घट्दै गएका छन् । अहिले पनि खानीमा ६० भन्दा बढि परिवारले काम गर्दै आएका छन् । बिहान उज्यालो भएपछि खानीमै रात पर्ने कैयौ परिवार छन् ।

Forest
Forest
Ad.

व्यक्तिकै जग्गामा खानी भएपनि बस्तीको नजिक भएकाले जोखिम बढिरहेको छ । भने लामो समय उत्खनन भएकाले खानी आफैमा ठुलो जोखिममा छ । माथिबाट पहिरो खस्ने ठुलो संभावना भएकाले खानीमा ठुलो दुर्घटनाको संभावना रहेको छ । तर, नियामक निकायहरु मुखदर्शक छन् । ‘खानीले गाउँ पुरिने र मजदुरबिचमै ठुलो दुर्घटनाको संभावना हुँदा स्थानीय सरकार र निकाय मौन बस्नु दुखद बिषय हो,’स्थानीय एक व्यक्तिले गुनासो गरे,‘गाउँका केहि व्यक्तिले खानीको दुरुपयोग गरे ।’

मजदुर सुरक्षामा छैन चासो

ढुङ्गाखानी संचालनहरु पनि जोखिमका बिषयमा जानकार नभएका छैनन् । ढुङ्गा खसेर ज्याननै गुमेका र घाइतेहरु देखेका मजदुरहरुले पनि खानीको अवस्था राम्रोसंग बुझेका छन् । तर, तत्काल रोजगारी सोच्ने अर्को उपाय छैन् । रेसुंगा नगरपालिका १२ का सन्त बहादुर बस्नेतले १५ बर्षदेखि ढुङ्गाखानीमा काम गर्छन् । यो संभवत जिल्लाको सवैभन्दा ठुलो ढुङ्गाखानी हो । खानीमा ढुङ्गा र गिट्टी निकाल्न थालेका तीन दशक भए । बस्नेत आफु पनि खानी संचालक हुन ।

उनलाई आफु सुरक्षित हुने बिषयमै मतलव छैन । कामदारको बिषयमा चासो हुने कुरै भएन् । माथि जोखिम र जंगल भएकाले अब खानी बन्द हुने संभावना भएको बताए । ‘घाम चर्किदा र पानी दर्किदाँ पहिरो खस्छ । पलपलमा जोखिम देखेका छौ,’उनले भने,‘अब खानीनै बन्द हुँदैछ ।’ रेसुंगा नगरपालिका वडा नं १२ का वडाध्यक्ष चेहरसिंह टण्डनले सचेत रहन आग्रह गर्ने बाहेकको विकल्प नभएको बताए । उनले धेरै बिपन्न नागरिकको रोजिरोटी खानीबाट चलेकाले बन्द गर्दा अर्को उपाय दिन नसक्ने भएकाले सचेत भएर काम गर्न आग्रह गरिएको बताए ।

Awareness by SKF

रोजिरोटीको लागि डरभन्दा खानी भर

बाग्लुङ्ग बडिगाड गाउँपालिका ४ की टेकमाया परियारले खानीमै छोरी हुर्काइन् । अहिलेपछि खानीमा छाताको ओझेलमा छोरी राखेर ढुङ्गा कुट्छिन् । टेकमाया र श्रीमान टिकाराम परियारले संगै खानीमा काम गर्छन् । खानीको जोखिमसंगै काम गर्ने स्थलमै पनि सामान्य सुरक्षाका उपाय छैनन् । ढुङ्गा फोर्दा हात र खुट्टामा कति पटक चोट लाग्छ । छर्राले आखाँमा चोट लाग्ने जोखिम उत्तिकै छ । न हेलमेट, न चश्मा र पन्जा । कैयौ पटक चोट र पीडा टेकमायाले भोगेकी छन् । ‘छोरी बोकेर खानी आउने रहरभन्दा बाध्यता हो ।

बल्लतल्ल घाम छेक्न त्रिपाल राखेका छौ,’उनले भनिन,‘अरु सुरक्षाका सामग्री आवश्यक भएपनि आफुसंग उपाय छैन् ।’ पछिल्लो समय क्रसर मार्फत साना गिट्टी उत्पादन सुरु भयो । जसका कारण गिट्टीको बिक्री कम हुने गरेको छ । पाल्पा रम्भा गाउँपालिका ४ की नविना सुर्यवंशीले खानीमा काम गर्न थालेका एक दशक बढि भए । श्रीमान जित बहादुर सुर्यवंशीले ढुङ्गा र नविनाले गिट्टीको काम गर्छन। उनले अहिले ढुङ्गागिट्टीको व्यापार नभएका कारण खानीमै काम गरेर पनि बाँच्ने उपाय नभएको गुनासो गरिन् ।

प्युठान गौमुखी गाउँपालिका २ अर्खाकी ५२ बर्षीया सुनिता बुढामगरले उर्लेनी ढुङ्गाखानीमा काम गर्न थालेको १२ बर्ष भए । बुढामगर छोरा र छोरीसहित सदरमुकाम तम्घासमा बस्छिन् । उनी बिहान ८ बजेनै खाना बोकेर आएपछि साँझा अवेरसम्म खानीमा गिट्टी फोर्छिन् । राम्रोसंग गिट्टी फोर्न पाए १० दिनमा एक ट्याक्टर पुग्छ । ठेकेदारले एक ट्याक्टरको तीन हजारदेखि पैैतिस सय दिन्छन्।

सुनिताले ढुङ्गा फोरेरै छोराछोरीलाई कक्षा १२ सम्म पढाएकी छन् । १५ बर्षदेखि श्रीमान गोविन्द बुढा मगर परिवारको सम्पर्कमा छैनन् । बुढेशकालमा खानीमा आउने रहर नभएर सदरमुकामको खानपान, कोठाभाडा र छोराछोरीको पढाई खर्चले बाध्यता बनाएको बुढामगरले बताइन्।

नयाँ पत्रिकामा पत्रकार टोपलाल अर्यालले समाचार लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया