कृष्ण अन्जान, गुल्मी: गाउँघरमा बाँदरले हैरान पारेपछि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले बाँदर लखेट्न दैनिक ज्यालादारीमा कामदार नियुक्त गरेकाे छ।
बाँदर बारीमा पसेर बिध्वँसै मच्चाउन थालेपछि यहाँका किसानहरुले वडा कार्यालयमै पुगेर समस्या समाधान गरिदिन आग्रह गरेका थिए।
किसानहरुसँग गरिएकाे अन्तरकृया पछि वडा कार्यालयले बाँदर लखेट्न दैनिक ज्यालादारीमा व्यक्ति परिचालन गर्ने निर्णय गरेकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए।
किसानहरु समस्या लिएर आए पछि कसरी समस्या समाधान गर्ने भनेर वडामा छलफल गरियाे र यहि छलफल पछि बाँदर लखेट्न दैनिक ज्यालादारीमा मान्छे राख्ने निर्णय गरेपछि हामीले बाँदर लखेट्ने मान्छे परिचालन गरेका छौँ वडाध्यक्ष पौडेलले भने । रुरुक्षेत्र ३ थानपतिमा अहिले चार जना व्यक्ति बाँदर लखेट्ने कामका लागि नियुक्ति भएका छन।
गाउँका उपल्लाे भेग पानीटँकि पएग क्षेत्र हेर्नेगरि एक जना यसैगरि बसन्त पाेखरी लाेलेँगखाेला माझगाउँ क्षेत्र, स्यालपाेखरी, खरवारीपाेखरा, गौतमटाेल फेकलदी र चाउके क्षेत्र र झमादी वखलढुँगा क्षेत्र हेर्ने गरि एकएक जना व्यक्ति परिचालित गरिएकाे रुरुक्षेत्र ३ का वडासचिव बालकृष्ण गौतमले जानकारी दिए।
दैनिक ५ सयका दरले पाउने गरि नियुक्ति भएका कामदार हरुले साउन र भदौ दुई महिना बाँदर लखेट्ने काम गर्नेछन । वडा कार्यालयले यसरी बाँदर लखेट्ने कामदार नियुक्ति गरेर काममा लगाएपछि किसानहरुलाई राहत भएकाे रुरुक्षेत्र ३ फल्लेखर्कका ज्ञानेश्वर ज्ञवालीले बताए।
ठुलाे सँख्यामा आउने बाँदरका हुलहरु लखेट्न एक्लै नसकिने भएकाले यसरी खटिएका व्यक्तिहरुलाई सहयाेग गर्न र बाँदर आएकाे सुचना दिन पनि वडा कार्यालयले अनुराेध गरेकाे छ। अत्यधिक रुपमा घना भएकाे बनक्षेत्र र गाउँबाट मान्छेहरु पलाएन भएपछि घरबारीवरिपरि र खाेल्साखाल्सी पनि अत्यधिक झाडि बनेपछि बाँदरकाे आश्रय स्थल बनेकाे पाईएकाे छ।
वडाकार्यालयले बढेको झाडी फाँडेर बाँदरको आश्रय स्थल बन्न नदिन समेत समुदायलाई अपिल गरेकाे छ । उँखु लगाएत मकै, तरकारी, फलफुल खेति माथि बाँदरले वर्षैभरी आक्रमण गरेर हैरान पारेपछि याे क्षेत्रका किसानहरु पिडीत बनेका छन। रुरुक्षेत्र वडा न ३ मा बाँदर लखेट्ने कामदार राखेपछि वडा नं. १ च्यूरेकका किसानहरूले पनि बाँदरकाे समस्या समाधान गर्न माग गरेका छन।