Hi-Speed Computer

Awareness Campaign

व्यावसायिक बाख्रापालनमा अब्बल थाेर्गेली कृषक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ थानपतिकाे बिहार पाेखरा नजिकै बाटामुनि याे क्षेत्रकै उत्कृष्ट किसान माधव श्रेष्ठको घर छ। कुनै औपचारिक शिक्षा नलिएपनि उनी कृषि र पशुपालनका लागि विशेषज्ञ नै भन्दा फरक पर्दैन।

उनै किसान माधव श्रेष्ठको घर पुग्दा उनी बाख्राकाे स्याहार सुसारमा व्यस्त भेटिए। आधुनिक खाेरमा रहर लाग्दा माउ, पाठा र पाठी दर्जन जति पालेका श्रेष्ठका खाेर कहिल्यै खालि हुन्नन र वर्षै भरि बाख्रा किनबेच भई रहन्छ।

२०७१ सालमा स्याङ्जाको पेखुबाट बाेएर जातकाे बाख्राकाे पाठि र पाठाे ल्याएर शुरु गरेका उनकाे याे बाख्रापालनकाे व्यवसाय गाउँमा अरुले सिकेका छन। उनले पालेका बाख्राकाे जात बाेएर र बाेएर क्रस हुन । बाेका सत्तरी हजार र पाठि पचास हजार सम्ममा बिक्री गरेकाे बताउने श्रेष्ठले बाख्रापालनले राम्रे आम्दानी हुने बताए।

Forest
Forest
Ad.

उनी र उनी जस्तै किसान मिलेर बाख्रापालन समुह बनाएका छन रुरुक्षेत्र गाउँ पालिकाकाे थानपतिमा ।

नवथाेर्गेली बाख्रा पालन समुहकाे नाम दिईएकाे याे समुहमा पच्चीस जना सदस्य सँगठित छन र याे समूह सँग यतिबेला २ सय पचास भन्दा बढि बाख्रा छन।

संगठित रुपमा रहेकाे नवथाेर्गेली बाख्रा पालन समुहले हरेक महिना प्रति सदस्य पाँचसय रुपैयाँ समूह बचत गर्छ भने बाख्रा बेच्दा एकसय समुहमा राख्नै पर्ने नियम बसालिएकाे छ ।

२०७४ सालदेखि शुरु गरिएकाे बाख्रा पालन समुहले हालसम्म ४ लाख समुहकाेषमा जम्मा गरेकाे छ र समुहका सदस्यहरुलाई ६ प्रतिशतमा ऋण लगानी गरेकाे छ।

Awareness by SKF

समुहका किसान हरुलाई आवस्यक गर्जाे टार्न ऋण दिने गरेका छौँ र बाख्राका लागि दाना, दवाई मुलाे सँगै खाेर मर्मत लगाएतमा समुहका सदस्यलाई सजिलै र सस्तो व्याजदरमा रकम प्राप्त हुँदा सहयाेग भएका नवथाेर्गेली बाख्रापालन सनुहका अध्यक्ष समेत रहेका माधव श्रेष्ठले भने।

याे समुहले पालेका पाठा पाठि दाँग ,सल्यान ,रामेछाप ,धादिँग ,

राेल्पा सँगै गुल्मी र पाल्पा तिर बिक्ने गरेका छन। घाँस उत्पादनमा विशेषज्ञता समेत हासिक गरेका माधव श्रेष्ठले सबै किसानहरुलाई बाख्रा पालनका लागि आवस्यक घाँसकाे बीउ समेत उपलब्ध गराउँदै आएका छन।

व्यवसायीक बाख्रापालन गर्ने किसान हरुलाई पशुविमामा बाख्राकाे विमा नगरिँदा दुख लागेको छ । बाख्राकाे विमा गर्न सितिमिति विमा कम्पनीले नमानेकाे बताउँदै उनले भने राज्यले यसकाे व्यवस्था तुरुन्तै गराेस ।

जेठताक समुहका लागि पालेकाे व्याडकाे करिब सय किलाेकाे बाेका मर्दा धेरै दुख लागेका किसान माधव श्रेष्ठले बताए ।

विमा भएकाे भए कम्तिमा पनि यसरी नाेक्सान हुँदा क्षतिपूर्ति त हुन्थ्यो तर याे सुविधा छैन कुन निकाएमा भनेर हुन्छ स्थानीय तहले बाख्रामा पनि विमाकाे व्यवस्था हाेस उनकाे माग छ।

गाउँमै समृद्धिकाे यात्रा खाेजिरहेका नवथाेर्गेली बाख्रा पालन समुहका सदस्यहरुलाई राज्यकाे संरक्षण र सहयाेगकाे खाँचाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया