Awareness

पाल्न छाडियाे रैथाने गाई, धार्मिक अनुष्ठानहरुमा गहुँत र दुधकाे अभाव

कला/संस्कृति खबर

Place for ads

कृष्ण अन्जान, रुरु: गाउँघरमा रैथाने गाई पालन शुन्य हुँदै गएपछि धार्मिक अनुष्ठानहरुमा आवश्यक पर्ने गाईकाे गहुँत र दूध पाउन समेत हम्मेहम्मे पर्ने गरेको छ। परम्परा देखिनै घरघरमा पालिने लाेकल गाई पछिल्लो समयमा पाल्नै छोडिएपछि केही थोपा गहँतको लागि समेत २-४ गाउँ नै डुल्नुपर्ने अवस्था आएको हो।

रुरुक्षेत्रकाे थाेर्गा गाउँमा कुनै जमानामा घरघरमा स्थानीय जातका गाई पालिने गरिएकाे यहाँका वासिन्दाहरु सम्झिन्छन तर जमाना यसरी फेरियाे कि धेरै जसाेका गाेठ रित्ता छन र झार उम्रिएका छन।

Get Vaccinated

‘पहिले पहिले गाईगाेरु, भैँसी-बाख्रा सबै बान्कि मिलाएर पाल्ने चलन थियाे। दिनभरि गाई गाेरु चराउन जँगल गईन्थ्याे बरै! पुरानाे कुरा सम्झेर के गर्नु!?’ रुरुक्षेत्र-१ का गाेपाल ज्ञवालीले बताए।

हुनपनि चालिसकाे दशक सम्म थाेर्गा गाउँमा धेरैले गाईगाेरु पाल्थे। प्राय: च्युरेक ठाढाबाट फल्लेखर्क ठुलापाेखरा तिरका घरमा त गाेठभरि गाईगाेरु थिए। बिहान स्थानिय नयाँ पाेखरा काेलकाटे झ्वाँले तमेरतुमका जँगल तिर गाईगाेरुकाे लर्काे लाग्थ्यो।

जब पचासकाे दशक शुरुभयाे त्यसपछि विस्तारै याे क्षेत्रमा गाउँ छाडेर शहर झर्ने चलन आयाे र गाई गाेरु पाल्न छाडियाे।

आजभाेलि त गाउँघरमा लगाईने धार्मिक अनुष्ठानका लागि जजमानले पण्डितलाई नै जसरी पनि गाईकाे दूध र गहँत व्यवस्थापन गर्न भन्छन। त्यसैअनुसार कताकति गाउँमा पालिएका जर्सी गाईकाे दुध गहुँत र गाेबर अड्काे पड्काे तेलकाे धुपमा काम चलाउने गरिएकाे छ।

Awareness by SKF

गाउँघरमा आजभाेलि धार्मिक अनुष्ठानहरुमा गाईदान पनि हुँदैन र गाईकाे साटाे दाम राख्ने चलन छ। कुनै जमाना थियाे छाेरी अन्माउँदा, मर्दापर्दा गाई दान गरेर पठाईन्थ्याे।

गाउँघरमा रहेका अधिकांश गाईहरु धार्मिक क्षेत्रतिर लगेर छाडिएपछि त्यस क्षेत्रमा लगेर छाडिएपछि छाडा गाई गाेरुकाे व्यवस्थापन गर्न गौशालाकाे व्यवस्थापन गरिएकाे छ तर धार्मिक क्षेत्रमा गाईगाेरु छाड्ने प्रवृत्ति अझै राेकिएकाे छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *