अनिल खत्री, गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा दिन सुरु भएको छ। सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरेपछि केहि दिन बन्द थियो।
प्रशासन कार्यालयले केहिदिन देखि विद्युतीय राहदानी (ई-पासपोर्ट) दिन थालेको छ। प्रशासन कार्यालयले अहिले सिमित संख्यामा मात्रै राहदानी दिन थालेको छ। प्रशासन कार्यालयमा तीनवटा डेक्स राखेर सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए। विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा दिन थालेपनि सुरुवाती चरण परिक्षणको रहेको उल्लेख गरे।
विद्युतीय राहदानी (ई-पासपोर्ट) लिन सेवाग्रही आउने गरेकाले प्रशासनका कर्मचारीको तर्फबाट सेवा नरोकिए पनि प्रबिधिका कारणले कहेलेकाही समस्या आउने सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नयाँ प्रविधिमा काम भएकाले कहिले काही शतप्रतिशत नहुन पनि सक्ने उनको भनाई छ।
विद्युतीय राहदानी (ई-पासपोर्ट) लिन सुरुमा आफैलो वा साइबरबाट फम भरेर तोकेको दिन फम लिएर प्रशासन कार्यालयमा जान सकिन्छ। प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तिन चरणमा काम पुरा गरेपछि मात्रै विद्युतीय राहदानी (ईपासपोर्ट) तयार हुन्छ।
जसका लागि प्रशासनमा सुरुमा फारम भेरिफाई गरेपछि राजश्व बुझाउनु पर्ने हुन्छ। त्यसपछि सोहि शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जाने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए।
अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रिन्टका लागि राहदानी विभागमा जाने पन्थीले बताए। विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा विवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अधिकृत पन्थीले बताए।
अब राहदानी लिन लामो समय लाइनमा बस्न पनि नपर्ने भएको छ। अनलाईनबाटै फारम दर्ता गरेपछि राहदानी लिन कहिले प्रशासनमा सम्पर्क गर्ने भन्ने दिन पनि फारम भरेपछि तोकिदिने भएकाले त्यो दिन मात्रै प्रशासनमा आउन पन्थीले आग्रह गरे।
नेपालमा हस्त लिखित पासपोर्ट हटाएर सन २०१०बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दिन थालेको थियो। विकसित मुलुकहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रयोग गर्नथालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो। गुल्मी न्यूज डटकममा यो खबर छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |