Smoking Causes Cancer

Awareness Campaign

मुसिकोटको मौन कांग्रेस, शिक्षकहरुले जोगाईदिएको राजनैतिक साख/विरासत



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

विपिन विश्वास रायमाझी, गुल्मी: आफूलाई लोकतान्त्रिक राजनैतिक दल भन्न रुचाउने नेपाली काङ्ग्रेस पार्टी नेपालको सबैभन्दा पुरानो राजनैतिक दल हो। काङ्ग्रेस केन्द्र देखि स्थानीय तह, वडा सम्म प्रत्येक ठाउँमा राजनैतिक कमिटी भएका दुई ठुला राजनैतिक दल मध्यको एउटा प्रमुख दल हो।

काङ्ग्रेस नेपालमा नेतृत्व गरेर होस या सामेल भएर सबैभन्दा बढी सरकारमा उपस्थिति जनाएको राजनैतिक दल हो।सिङ्गो राष्ट्रले नेता मानेका बिपि कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताहरुले नेतृत्व गरेको काङ्ग्रेस पार्टी प्रति कुनै न कुनै आस्थाका हिसाबले र अन्य कुनै वैकल्पिक राजनैतिक दलको उदय नभएको हुनाले अझै पनि लाखौँ जनमत छ।अझै कति समय काङ्ग्रेसले यो जनमत धान्ने, बढाउने या घट्ने देशको राजनीति प्रतिको युवाको रुचि, सक्रियता, परिस्थिति अनुसार बदलिदै जानेछ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र न २ अन्तर्गत पर्दछ। यहाँका अधिकांश काङ्ग्रेसजनहरुलाई यो ख्याल नहुन सक्छ, हामिले गत प्रतिनिधि सभा निर्वाचनमा हाम्रो पार्टीको कुन उम्मेदवारलाई भोट राखेका थियौ भनेर? किनकी काङ्ग्रेसका पराजित उम्मेदवार निर्वाचन पनि कहिल्लै समजमा देखिएका छैनन। यसै त स्थानीय तहको निर्वाचनमा पनि सहि व्यक्ति उम्मेदवार चयन नगर्दा नेपाली काङ्ग्रेसले पराजय भोगेको थियो।

सिंचाई
Forest
Ad.

मुसिकोटको सन्दर्भमा नेपाली काङ्ग्रेस, स्थानिय सरकार निर्वाचित भएको विगत ४ बर्षको अन्तरालमा मौन जस्तै रह्यो। एकदुई पटक प्रतिपक्षीको भुमिका निभाउन गरिएका विरोध बाहेक काङ्ग्रेस मुसिकोटमा मस्त निदाईरहयो। न त कुनै स्थानीय सरकारका सभा गोष्ठीमा उपस्थित भएर प्रश्न गर्ने ल्याकत राख्यो। नत जनसरोकारका मुद्दा उठाउने र खुलेर बोल्न सक्ने यस्ता कुनैपनि काममा काङ्ग्रेस दर्बिलो बन्न सक्यो। यो चार बर्षको अवधिमा मुसिकोट नगरपालिकाको बजेट कार्यान्वयन  के कसरी सम्पन्न भयो, कहाँ कसरी लागू भयो?, समिती कसरी निर्माण भयो, गरियो? यस्ता कुरामा चासो नै राखेन। जहाँ अलिक राजनैतिक मुद्दा बनाउन सकिन्छ त्यहाँ भने खिचातानी गरिरह्यो। एउटा राजनैतिक दल सरकारमा रहेर गलत काम गरिरहेको भनेर आफैले भनिरहदा मौन समर्थन गर्ने काङ्ग्रेसमा भने नैतिकताको चरम अभाव देखिन्छ।

प्रतिनिधि सभामा पराजित सांसद र नगरप्रमुखका उमेदवारको त  कुनै अत्तोपत्तो देखिदैन। चुनावमा पराजित भैसकेपछी अटल प्रतिपक्षी बनेर पाच बर्ष सरकारका गलत कदमको विरोध/सुझाव एवं सहि काममा साथ दिने नैतिक सस्कार भने काङ्ग्रेसको आचरणमा देख्न पाईदैन। तर सुन्न भने प्रशस्त पाईन्छ। स्थानीय सरकारका हरेक काममा राजनैतिक उपस्थिति जनाएर उपभोक्ता माझ सहि सुचना पुर्याउनु र जागरुक बनाउनु एउटा प्रतिपक्षीको भुमिका भएता पनि काङ्ग्रेसले त्यो जिम्मेवारी निभाउन सकेन।

जतिधेरै प्रतिपक्षी सक्रिय बन्छ। उति स्थानीय सरकार कर्तव्य निष्ठ भएर काम गर्दछ। तर प्रतिपक्षी मौन रहदा स्थानिय सरकार आफ्नै गतिमा मनलाग्दी चल्न थाल्छ। समाजको समग्र हितका कुरामा स्थानिय सरकारलाई दोहोर्याउने एउटा कर्तव्य भने काङ्ग्रेसले पूरा गर्न सकेन। बजेट विनियोजन हुँदा, समिति गठन गर्दा र काम सुचारु देखि हुदैगर्दा मौन रहने जब काहीँ कतै कमजोरी भेटिन्छ। राजनैतिक मुद्दा बनाएर दाउ मार्ने पुराना राजनैतिक दलको पिडो मुसिकोटमा काङ्ग्रेसले थामेको छ।

न कुनै युवाका एजेन्डा, न कुनै सामाजिक सुरक्षाका कुरा। केवल काङ्ग्रेसको मुख्य एजेन्डा भनेकै केपी ओलीको विरोध गर्नु र कम्युनिष्टहरुको विरोध गर्नु बनेको छ। यो गति र लयमा राजनितीक दल हिँड्ने हो भने समाजको हित हुने कुरा ‘सम्झिने…’ जस्तो मात्र हुनेछ।

अपवाद बाहेक चार बर्षको अवधिमा आफ्ना पार्टीका हितका लागि बेगर नागरिकको हितको पक्षमा कुनै एउटा पनि सामान्य कार्यक्रम गरेको सुन्नमा आएको छैन। मुसिकोट-७ मा भर्खरै एकघर एकधारा खानेपानी कार्यक्रम असफल भएको भन्दै काङ्ग्रेसले एक वक्तव्य निकालेछ। अहिले सम्मको अवधिमा काहीँ कतै यो खानेपानीको विषयमा काङ्ग्रेसले छलफल गर्न सकेन, बरु वार्ड नं. ८ का काङ्ग्रेसका  व्यक्तिलाई अघि सारेर खानेपानिको मुद्दा जिल्ला खानेपानी कार्यलयमा पुर्यायो। मुसिकोट-७ ले आफुले त्यो मुद्दा उठाउने ल्याकत पनि राख्न सकेन।

Awareness by SKF

खानेपानी योजना प्रत्यक्ष रुपमा आम नागरिकको सहजता सङ्ग जोडिएको हुनाले काङ्ग्रेसले सहजिकरण गरेर यो खानेपानी योजना सफल बनाउन सघाउ पुर्याउनुपर्ने थियो। त्यसको बाबजुद बल्ल अन्तिम समयमा नागरिकको समस्या बोक्या जस्तो गरेर राजनैतिक मुद्दा निर्माणमा लागि रह्यो।

यस्तै अधिकांश योजनामा कम्युनिष्टहरुले खाए, घोटला गरे भन्ने तर आफू जनसरोकारका मुद्दामा मैदानमा नआउने खाली अन्जान बनेर प्रश्नोतर गर्ने तर जिम्मेवार राजनैतिक दल भएर नागरिकका समस्यामा गर्न सकिने सक्दो कुनैपनि काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्तिबाट भने काङ्ग्रेस मुक्त हुन भने सकेन। न कुनै युवाका एजेन्डा, न कुनै सामाजिक सुरक्षाका कुरा। केवल काङ्ग्रेसको मुख्य एजेन्डा भनेकै केपी ओलीको विरोध गर्नु र कम्युनिष्टहरुको विरोध गर्नु बनेको छ। यो गति र लयमा राजनितीक दल हिँड्ने हो भने समाजको हित हुने कुरा ‘सम्झिने…’ जस्तो मात्र हुनेछ।

धेरैपटक सफाईका मुद्दा, स्मार्ट सहरका मुद्दा उठाएर सामाजिक संजाल रङ्गिन बनाईरहने काङ्ग्रेस कार्यकर्ताहरुले कुनै एकदिन सरसफाइको कार्यक्रम सुरुवात गरेको देख्ने/सुन्ने सौभाग्य भने मिलेन। विरोधका निम्ति विरोध गर्ने काङ्ग्रेसको प्रवृत्ति सुधारेर जनसरोकारका विषयमा, आम नागरिकका मुद्दामा चासो र उपस्थिति सहित गलत क्रियाकलापका विरुद्ध बोल्ने आचरणको विकास होस।काङ्ग्रेसको सक्रिय राजनीतिमा हालिमुहाली गरिरहेका

शिक्षक र उनीहरुले धानिदिएको राजनैतिक विरासत/साख
नेपाली काङ्ग्रेसको नगरकमिटीको सचिव देखि लिएर वडा कमिटीहरुमा पनि काङ्ग्रेसले स्थायी शिक्षकहरुलाई राजनैतिक जिम्मेवारी दिएर आफ्नो राजनैतिक  विरासत थाम्दै पुरानो राजनैतिक संस्कारलाई निरन्तरता दिएको छ। (यद्यपी अन्य दलमा पनि शिक्षकहरुको खुला राजनीति उस्तै छ, जुन बिल्कुल गलत हो।)

स्थायी शिक्षण पेशामा रहेका पेशागत शिक्षकले काङ्ग्रेसको साख जोगाउनको निम्ति सामाजिक संजालमा बाक्लो उपस्थिति जनाउछन। काङ्ग्रेस निकटका शिक्षकहरु आफ्नो पेशामा कर्तव्यनिष्ठ हुनुको सट्टा आफ्नो राजनैतिक दलको राजनीतिक विरासत जोगाउन अप्रत्यक्ष, प्रत्यक्ष रुपमा लागिरहेको प्रष्ट छ। सङ्गै काङ्ग्रेसको बैठक सभाहरुमा सकृय सहभागिता जनाईरहेको प्रष्ट देख्न सकिन्छ।

शिक्षकहरुलाई प्रत्यक्ष राजनीतिमा सहभागी नगराउने नियमावली बनाएको काङ्ग्रेसले आफ्नै नियमावलीहरुको खिल्ली उडाएको छ।

यद्यपि १४ औँ महाधिवेशन पछि भने नयाँ नगरकमिटी निर्माण गरेर  अलिक हट्टाकट्टा देखिएको काङ्ग्रेसले चुनावी माहोलको पुर्वसन्ध्यामा जनताको आँगन आँगन धाउने र पार्टी प्रवेश गराउने संस्कारलाई निरन्तरता भने दिइराखेको छ। अझै कति सक्रियता जनाउछ र स्थानीय तहको चुनावमा कस्ता उम्मेदवार चयन गरेर मैदानमा उत्रन्छ भन्ने कुरा भने हेर्न बाँकी छ।

समाजको मुहार परिवर्तन गर्ने राजनीतिक दलहरुले नै हो, र त्यसको नेतृत्व गर्ने नेताहरुले नै हो। त्यसैले समाज बदल्न राजनैतिक दलहरु बदलिन जरुरी छ, मुसिकोटको काङ्ग्रेस स्थापना गरेको जस्तो नहोस। समाजका मुद्दामा, आम नागरिकका मुद्दामा सक्रिय तवरले राजनैतिक इमानदारिता सहित अगाडि बढ्ने प्रेरणा मिलिरहोस।अन्यथा मुसिकोटकै मात्र नभएर देशकै राजनैतिक मैदानबाट सुस्तरी पाखा लाग्ने एउटा गोरेटो कोर्नुपर्ने देखिन्छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया