Awareness

जुम्ली स्याउको उत्पादन घट्दो

कृषि खबर खबर

Place for ads

काठमाडौं:  जुम्लामा फल्ने प्राङ्गारिक स्याउको उत्पादन घट्दै गएको छ। सिँचाइ अभाव र मौसम परिवर्तनका कारण उत्पादन घट्दै गएको हो। जुम्लामा २०७६ सालमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने २०७७ सालमा घटेर ६ हजार एक सय मेट्रिक टन मात्रै उत्पादन भयो। यो वर्ष भने बढेर १० हजार ५ सय टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

‘क्षेत्रफल बढेकाले यो वर्ष उत्पादन बढेजस्तो देखिएको हो,’ उनले भने, ‘वास्तवमा उत्पादन घटिरहेको छ।’ समयमा पानी नपर्नु, उत्तरी मोहोडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नुलगायत कारण उत्पादन घटेको उनले जानकारी दिए । स्याउमा गोल्डेन डेलिसियस र रेड डेलिसियस अर्थात् भाले र पोथी जातको बिरुवा मिलाएर लगाउनुपर्नेमा किसानहरुले एकै जातका बिरुवा लगाउनुले पनि उत्पादनमा कमी आएको उनको भनाइ छ।

Get Vaccinated

जुम्लामा प्राङ्गारिक मलको कमीका कारण पनि स्याउ उत्पादन धेरै हुन नसकेको स्थानीय किसान बताउँछन् । सरकारले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेपनि मलको व्यवस्था मिलाउन नसकेको स्याउ किसान हरी बुढाले बताए । गोठेमलको भरमा हामीले खेती गर्नुपर्छ,’ उनले भने, ‘धान, जौँ, गहुँ लगायत बालीमा त मल पुग्दैन, स्याउमा कसरी पुर्याउने रु’जलवायु परिवर्तनले स्याउका फूल फूल्ने बेला हावाहुरी, तुसारो र असिनाले झारिदिने समस्या छ।

स्याउको फूल फूल्ने बेला झारिदिँदा उत्पादन घटेको चन्दननाथ नगरपालिकाका किसान धनबहादुर थापाले बताए। ‘गुणस्तरीय स्याउ फलाउनको लागि बगैँचा व्यवस्थापनमा पनि ध्यान दिएकै छौं, स्याउका बिरुवा काटछाटमा पनि ध्यान दिएइएको छ,’ उनले भने, ‘तर फूल फल्ने र दाना लाग्ने बेलामा मौसम परिवर्तनले गर्दा उत्पादन घटाइदिन्छ।’

जुम्लामा फल्ने स्याउको जात पनि पालोपालो गरि फल्ने भएकाले उत्पादन घट्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ। एक वर्ष फल्ने एक वर्ष नफल्ने खालका जातको धेरै बिरुवा किसानले रोपेका छन्। असिना र तुसारोले स्याउ उत्पादन घटाएको गुठिचौरका स्याउ किसान कृष्ण न्यौपानेले बताए। ‘अहिले स्याउका बिरुवाको बिमा गरेकाले स्याउ उत्पादन नभए पनि मिहेनत खेर जाँदैन,’ उनले भने, ‘बिमाले पनि हामीलाई हेरिरहको छ, तर पहिलेजस्तो गरी स्याउ उत्पादन भइरहेको छैन।’

जुम्लामा १० हजार हेक्टरमा स्याउ खेती गर्न सकिने भए पनि ३ हजार ८ सय हेक्टरमा मात्रै खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ। ३ हजार ८ सय हेक्टरमा स्याउ खेती गरिए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ। जुम्लाको चन्दननाथ नगरपालिकासहित सातवटै गाउँपालिकामा स्याउ फल्छ।

Awareness by SKF

‘एक घर एक स्याउ बगैँचा’ अभियानले सबै गाउँमा स्याउ किसान बढेका छन्। स्याउ खेती गरिएको ३ हजार हेक्टरमै उत्पादन भएमा र बजार पाउन सकेमा जुम्लाको प्रांगारिक स्याउ देशैभर पर्याप्त हुने कृषि विकास प्रमुख देवकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *